कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट

मोहन बुढाऐर

डडेल्धुरा — जिल्लाको भित्री मधेसअन्तर्गत पर्ने परशुराम नगरपालिकाका मतपेटिकालाई सदरमुकाम ल्याउने क्रममा बाटोमा बम विस्फोट भएको छ । तर कुनै क्षति भएको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीका अनुसार जोगबुढा–बुढर सडक खण्डको कैनपानी भन्ने स्थानमा अज्ञात समूहले राखेको वम बिस्फोट भएको हो । मतपेटिका लिएर आउने गाडीलाई लक्षित गरी विस्फोटन गराइएको बमले क्षति भने नभएको बताइएको छ । बिहान साढे ८ बजेको समयमा बम विस्फोटन भएको हो । मतपेटिका बोकेर आएका गाडी पुग्न अगाडि बम विस्फोटन भएको प्रहरीले बताएको छ ।

मुख्य निर्वाचन अधिकृत डा. रमेशराज रिजालले जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकाबाट मात्रै मतपेटिकाहरु सदरमुकाम पुग्न बाँकी छन् । उनका अनुसार दिउँसो १ बजेभित्र मतपेटिका सदरमुकामस्थित मुख्य निर्वाचनको कार्यालयमा आइपुग्ने छन् । ‘मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बस्ने छ’उनले भने‘३ बजेतिर मतगणना सुरु हुन सक्छ ।’

जिल्लाभर ८१ हजार ७ सय मतदाताहरुमा ६५ प्रतिशत मात्रै मत खसेको छ ।

प्रकाशित : मंसिर २२, २०७४ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?