कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मथुरामा कडा सुरक्षाबीच मतदान

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–५ स्थित वाङलाको मथुरा नन्दराम आधारभूत विद्यालयका मतदान स्थलमा मतदान भइरहेको छ ।

मथुरामा कडा सुरक्षाबीच मतदान

विहीबार भएको मतदानमा केन्द्र ‘ख’का मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतदातालाई हस्ताक्षर नै नगरी मतपत्र दिएपछि कर्मचारी र मतदाताबीच केहीबेर भनाभन भएको थियो । त्यसपछि आक्रोशित मतदाताले मतपेटिका तोडफोड र मतपत्र च्यातेपछि मतदान स्थगित भएको थियो । आज पुन: मतदान भइरहेको छ ।

बिहान ७ बजेदेखि सुरु मतदानमा चार सय मत खसिसकेको छ । उक्त मतदान स्थलमा दुई केन्द्र छन् । २ हजार ४४ मतदाता रहेका छन् । मतदानस्थल जिल्लाको प्रदेश ‘क’मा पर्छ । प्रतिनिधिसभा एक र प्रदेशका दुई निर्वाचन क्षेत्र छन् ।

मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्रका कारण मतदान स्थगित भएको जिल्लामा पहिलो पटक हो । मतदानस्थलमा बेग्लै रोचक छ । विहीबार भएको मतदानमा सबै उम्मेदवार र सुरक्षा निकायका प्रमुख विभिन्न केन्द्रमा आ–आफनो ढंगले हिँडेका थिए । तर, प्रतिनिधिसभामा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस उम्मेदवार डा. रामबहादुर बिसी, प्रदेश ‘क’बाट एमाले उम्मेदवार चेतनारायण आचार्य र कांग्रेसबाट विष्णुप्रसाद खनाल, समानुपातिक उम्मेदवार निर्मला क्षेत्रीसहित नेताहरु एकै ठाउँ उपस्थित भएका छन् । रायमाझी र बिसी दोस्रो संविधानसभामा पनि प्रतिष्प्रधी थिए । त्यतिबेला रायमाझीले जितेका थिए ।

प्रमुख जिल्ला अधिकारी खिमराज भूसाल, डिएस्पी एकनारायण कोइरालासहित सुरक्षा निकायका प्रमुख पनि उपस्थिति छन् । उक्त केन्द्रमा भोट हाल्न आउने मतदानको बस्तीमा सुरक्षा व्यवस्था कडा पारिएको कोइरालाले बताए । नेपाली सेना, सशस्त्र प्रहरीबल, जनपथ र म्यादी प्रहरीको बाक्लो उपस्थिति रहेको छ । विहीबार मतदान नगरेका पनि रातारात भोट हाल्न आएका छन् ।

प्रकाशित : मंसिर २३, २०७४ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?