कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङ-१ क मा माओवादी केन्द्रका इन्द्रजीत थारु विजयी

दुर्गालाल केसी

दाङ — दाङ क्षेत्र नं. १ क बाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका इन्द्रजीत थारु ५ हजार ८ सय ९३ मतान्तरले विजयी भएका छन् । उनले १७ हजार २ सय ८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् ।

चौधरी २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट सभासद् विजयी भएका थिए । त्यसपछि मोहन वैद्य नेतृत्वको माओवादीमा लागेका थारु फेरि माओवादी केन्द्रमै फर्केर दोस्रोपटक विजयी भएका छन् । वैद्य समूहमा लागेपछि उनी डेरी व्यवसायमा संलग्न भए । अहिले पनि उनको व्यवसाय राम्रै चलेको छ । उनी द्वन्द्वकालमा दाङको ‘जनसरकार प्रमुख’भएका थिए । थारु समुदायमा राम्रो प्रभाव भएका थारु शालिन र भद्र नेताका रुपमा परिचित छन् ।

प्रकाशित : मंसिर २४, २०७४ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?