कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा १ मधेसी गठबन्धन, ३ वाम गठबन्धनको प्यानल विजयी

पवन यादव

रौतहट — मधेसी दलको पकड मानिएको रौतहट निवाचन क्षेत्र नं. १ मा मधेसी गठबन्धन प्यानल सहित विजयी भएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. ३ मा पनि बाम गठबन्धन प्यानल सहित विजयी भएको छ ।

रौतहटमा १ मधेसी गठबन्धन, ३ वाम गठबन्धनको प्यानल विजयी

मतगणनाको सुरुवातदेखि नै अग्रता कायम राखेका राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभाका उम्मेदवार अनिल कुमार झा २१ हजार ४ सय ७२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका उम्मेदवार कृष्णप्रसाद यादवलाई ५ हजार ५ सय ९८ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका हुन् । यादवले १५ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए । झा उद्योग मन्त्री समेत बनिसकेका छन् । उनी राजपा अध्यक्ष मण्डलका नेता हुन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा (क) मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार बाबुलाल साह १० हजार ५ सय २४ मत प्राप्त गरी विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भिखारी राय यादवलाई ३ हजार ३ सय १४ मतको फराकिलो अन्तरले पाखा लगाएका हुन् । यादवले ७ हजार २ सय १० मत प्राप्त गरेका थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (ख) मा संघीय समाजवादी फोरमका उम्मेदवार योगेन्द्र राय यादव ८ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजेश कुमार चौधरीलाई २ सय ८८ मतको अन्तरले पराजित गरेका हुन् । चौधरीले ८हजार ६ सय ६९ मत प्राप्त गरेका थिए ।

क्षेत्र नं. २ मा अफताब आलम विजयी
जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद अफताब आलम १८ हजार ८ सय ३३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी किरण कुमार साहलाई १ हजार ९ सय ६८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । साहले १६ हजार ८ सय ६५ मत प्राप्त गरेका थिए ।

आलम नेपाली कांग्रसका प्रभावशाली नेता हुन् । उनी पहिलो संविधान सभाको निर्वाचनमा विजयी भएका थिए । उनी आफ्नो क्षेत्रबाट जितेर वन मन्त्रि, श्रम मन्त्रि समेत बनीसकेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (क) मा नेपाली कांग्रसकै नागेन्द्र प्रसाद सिन्हा ११ हजार ८ सय ५१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शैलेन्द्र साहलाई ४ हजार ९० मतको फराकिलो अन्तरले पाखा लगाएका हुन् । साहले ७ हजार ७ सय ६१ मत प्राप्त गरेका थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ कै प्रदेश सभा (ख) मा संघीय समाजवादी फोरमका उम्मेदवार रामकिशोर प्रसाद यादव ९ हजार ५ सय २२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार मनोज कुमार यादवलाई १ हजार ५ सय ५६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । मनोजले ७ हजार ९ सय ६६ मत प्राप्त गरेका थिए ।

क्षेत्र नं. ३ मा प्रभु साह बाम गठबन्धन प्यानल सहित विजयी
जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका उम्मेदवार प्रभु साहले २७ हजार ७ सय ९९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार यादवलाई ९ हजार ५ सय ९३ मतको फराकिलो अन्तरले पराजित गर्दै जित हात पारेका हुन् । उनीहरु पहिलो संविधान सभा, दोस्रो संविधान सभामा समेत जितेका थिए । उनी बहालवाला विनाविभागिय मन्त्रि पनि हुन् ।

जिल्ला निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा (क) मा एमालेका उम्मेदवार नागेन्द्र राय यादव ११ हजार १ सय ८२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका उम्मेदवार गोविन्द चौधरीलाई ३ सय ४८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । पुर्व सांसद समेत रहेका चौधरीले १० हजार ८ सय ३४ मत प्राप्त गरेका थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार कुन्दन प्रसाद कुशवाहा १४ हजार ३ सय २ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका उम्मेदवार बृजशिोर प्रसाद यादवलाई ३ हजार ९ सय ६८ मतको फराकिलो अन्तरले फराजित गरेका हुन् । यादवले १० हजार ३ सय ३४ मत प्राप्त गरेका थिए ।

क्षेत्र ४ मा कांग्रेसका तिमिल्सिना विजयी
जिल्ला निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका देव प्रसाद तिमिल्सिना २८ हजार २ सय २८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार डा. बंशीधर मिश्रलाई ५ हजार २ सय २२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । मिश्रले २३ हजार ६ मत प्राप्त गरेका थिए ।
राजनितीमा लामो समय सक्रिय रहेका तिमिल्सिना दोश्रो संविधान सभाको निर्वाचनमा एमालेका उम्मेदवारसंग पराजित भएका थिए ।

त्यस्तै क्षेत्र नं. ४ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका धनलाल ठोकर १३ हजार ६ सय १० मत प्राप्त गरी विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पटेललाई १ हजार ३ सय ३८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । पटेलले १२ हजार २ सय ७२ मत प्राप्त गरेका थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नं. ४ (ख) मा राष्ट्रिय जनता पार्टीबाट टिकट नपाएर बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार शेख अबुलकलाम आजाद ७ हजार ३ सय ९३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामाज्ञा रायलाई १ सय २५ मतको झिनो अन्तरले पराजित गरेका हुन् । रामाज्ञाले ७ हजार २ सय ६८ मत प्राप्त गरेका थिए ।
२०४७ साल देखि नेपाली कांग्रेसबाट सक्रिय राजनिती सुरु गरेका कलाम असन्तुष्ट भई राजपामा प्रवेश गरेका थिए ।

प्रकाशित : मंसिर २४, २०७४ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?