कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वामको एकलौटी

रामेछाप — जिल्लामा प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुईवटै क्षेत्रमा वाम गठबन्धन उम्मेदवार चुनिएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ ४२ हजार १ सय १६ मत ल्याई विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पूर्णबहादुर तामाङले ३५ हजार ७ सय ७१ मत मात्र पाए ।


यसैगरी प्रदेशसभा ‘क’ मा एमाले जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल २२ हजार ३ सय ६९ मत ल्याई निर्वाचित भएका छन् । प्रतिस्पर्धी कांग्रेसका रत्नबहादुर कार्कीले १६ हजार ५८ मत ल्याए । ‘ख’ मा पनि एमालेका कैलाशप्रसाद ढुंगेल २६ हजार ९ सय ३५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका जितबहादुर थापामगरले १४ हजार ७ सय २९ मत पाए ।
प्रतिनिधिसभा सदस्य निर्वाचित श्रेष्ठ तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सामेल थिए । भूमिगत अवधिमा पार्टीका विभिन्न पदमा रहेर कार्य गरेका उनी २०७० को संविधानसभा निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
विजयपछि उनले जनतासँगका वाचा र प्रतिबद्धता पूरा गर्न जिम्मेवार बन्ने बताए । संविधान कार्यान्वयन गर्दै अस्थिरता र अराजकता अन्त्य गर्ने प्रतिबद्धता पनि उनले जनाए । सशस्त्र द्वन्द्वका बेला दोरम्बा, देउराली र चुचुरे घटनामा ‘शहादत’ पाएकाहरूलाई स्मरण गर्दै श्रेष्ठले भने, ‘सहिदले देखाएको बाटोमा हिँडदै आर्थिक, सामाजिक मुद्दाको समाधानका लागि अघि बढ्छु ।’
प्रदेशसभा ‘क’ मा विजयी पौडेलले पनि जनतासँगका वाचा पूरा गर्ने बताए । कानुन निर्माणदेखि राज्यस्रोत पारदर्शी रूपमा परिचालन गरी नागरिकसँग हातेमालो गरी अघि बढ्ने उनको भनाइ छ । प्रदेशसभा ‘ख’ का सदस्य ढुंगेलले ५ वर्षभित्र जिल्लामा कालोपत्रे सडक, आधुनिक अस्पताल र प्राविधिक शिक्षालयको व्यवस्था गरिने बताए ।

प्रकाशित : मंसिर २५, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?