कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी आन्दोलनले फोहर उठेन

सेतो नम्वरका गाडी चलाउन ग्राहो छः महानगर

काठमाडौ — पेट्रोलिय पदार्थको मुल्य वृद्धिको विरोधमा उत्रेका विद्यार्थी र युवा संगठनको आन्दोलनले एक सातादेखि महानगपालिकाले उपत्यकाको फोहर व्यवस्थापन समस्या आएको छ ।

आन्दोलनकारीले सरकारी गाडी तोडफोड थालेपछि फोहोरका गाडी चल्न नसकेको महानगरले जनाएको छ ।
राजधानीको पुतलीसडक, पूरानोवानेश्वर, डिल्लीवजार लगायतका संकलन केन्द्रबाट विद्यार्थी र युवा संगठनको आन्दोलनका कारण फोहर उठाउन नसको महानगरका वातावरण विभागका अधिकारीले बताए । टेकु ट्रान्सफर केन्द्रबाट पनि नुवाकोट सिजडोल ल्याण्ड फिल साइडसम्म पनि विद्यार्थी र राजनीतिक दलका युवा संगठनको आन्दोलनले गर्दा फोहर व्यवस्थापन गर्न सकेको छैन ।
सडकका संकलन केन्द्रबाट फोहर नउठेपछि  राजधानी दुर्गन्धित बन्दै गएको छ । गल्ली, चोकहरु दुर्गन्धि बन्दै गएका छन् । गर्मी बढी रहेको बेला सडकमा फोहर थुपि्रदै गए वातावरणी हिसावले पनि थप जटिलता निम्त्याउने वातावरण विभागकाअधिकारीहररुको भनाइ छ ।
 महानगरले फोहर व्यवस्थापन गर्न नसको भन्दै स्थानीयले विरोध गरेका छन् । टेकुका स्थानीय बासिन्दा राजु महर्जनले आन्दोलनले गर्दा फोहर नउठेको भन्नु महानगरको झुक्याउने खेल भएको आरोप लगाए । 'तीन महिनादेखि टेकु ट्रान्सफर केन्द्रबाट फोहर उठेको छैन, आन्दोलन त भरखर हुदैछ, अनि फोहरको राजनीति विद्यार्थी र युवाको टाउका थुपार्न महानगरको बेइमानी हो' उनले भने ।
ट्रान्सफर केन्द्रमा दस हजार मेटि्रक टन भन्दा बढी फोहर थुपि्रएको छ । ट्रान्सफर केन्द्रको फोहर संकलन गर्ने क्षमता बीस हजा टन हो ।  महानगर अन्तर्गतको वातावरण महाशाखाका प्रमुख शान्ताराम पोखरेलले विद्यार्थी र युवा संगठनले सरकारी गाडी गुड्न नदिएकाले फोहर व्यवस्थापनमा समस्या भएको बताए । 'सेतो नम्वरका प्लेट गाडी सडकमै गुडाउन ग्राहो छ, कति वेला जलाई दिन्छ कि भन्ने छ' उनले भने । सहजरुमा पेट्रोल नपाउँदा पनि फोहर व्यवस्थापन गर्न नसिकिएको उनले बताए । 'कहिले केही समस्या कहिले केही समस्यै समस्या छ' उनले भने । 

प्रकाशित : माघ १७, २०६८ ०१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?