२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

विमानस्थलबाट सुन तस्करी- वर्षौंदेखिको चलन, यस्ता छन् विमानस्थलका ठूला सुन काण्ड

बिहीबार विमानस्थलको भन्सार पार गरेर ल्याएको करिब ३३ किलो अवैध सुन बरामद
जनकराज सापकोटा

काठमाडौं — नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले विमानस्थलको प्रवेश द्वार, गोल्डेन गेटबाट बाहिरिन लागेको अवस्थामा करिब ३३ किलो अवैध सुन बरामद गरेको छ । एअर अरेबियाको विमानबाट काठमाडौं ल्याइएको उक्त सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ लगिँदै थियो ।

विमानस्थलबाट सुन तस्करी- वर्षौंदेखिको चलन, यस्ता छन् विमानस्थलका ठूला सुन काण्ड

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले विमानस्थलको प्रवेश द्वार, गोल्डेन गेटबाट बाहिरिन लागेको अवस्थामा करिब ३३ किलो अवैध सुन बरामद गरेको छ ।

एअर अरेबियाको विमानबाट काठमाडौं ल्याइएको उक्त सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ लगिँदै थियो ।

युएईबाट सुन लिएर आएका गोपालबहादुर शाही भाडाको ट्याक्सीमा सुन बोकेर गन्तव्यतर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा सुन फेला परेको हो । ब्युरो टोलीले शाहीलाई पक्रेपछि उनले नै सुनको जिम्मा लिने भनिएका दुई व्यक्तीलाई बोलाएका थिए ।

निजी कार हाँकेर मोरङका दिनबन्धु थापा र धनुषाका सन्तोष काफ्ले शाहीले ल्याएको सुन लिन आएका थिए । त्यही बेला उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

२४४ वटा दस तोलाको बिस्कुट, १८ वटा सिक्री र ११ वटा औंठी प्रहरीले बरामद गरेको छ । दुई फरकफरक लगेजभीत्र प्लास्टिकले र्‍याप गरेर ल्याइएको सुन जम्मा ३३ किलो रहेको ब्युरोको डिआईजी नवराज सिलवालले बताए ।

‘भन्सारको नियमित सुरक्षा घेरा पार गरेर त्यतिका परिणामा सुन कसरी बाहिर आयो भन्ने प्रश्न उठेको छ,’ उनले भने ।

सिलवालले विदेशबाटै आएको सुराकीको आधारमा सुन पक्राउ परेको बताउँदै भने, ‘अवैध कारोवारीमाथी थप अनुसन्धान हुँदैछ ।’

सुन तस्करी : वर्षौंदेखिको चलन
विमानस्थलको भन्सार हुँदै बाहिरिएको ३३ किलो अवैध सुन बरामदको घटनाले नेपालको हुने सुन तस्करीको पुरानो इतिहासलाई पुन: सम्झाई दिएको छ । विमानस्थल हुँदै अवैध सुन भित्रिएको यो न पहिलो घटना हो न अन्तिम नै हुने सम्भावना छ ।

झण्डै डेढ दशकअघि नै सरकारले गृह मन्त्रालयका विशेष सचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समीतिले ०५५ को असार र साउन दुई महिनामा विमानस्थलमा भएका घटनाको अध्ययन गर्दै निष्कर्ष निकालेको थियो– विमानस्थल अवैध सुन तस्करीको अखडा भएको छ ।

समितिले उक्त अवधीमा १५ किलो अवैध सुन विमानस्थलबाट बरामद गरेको थियो । समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘सुनदेखि विदेशी मुद्रा तस्करीमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धन विभागका कर्मचारीसम्मको मिलेमतो हुने गर्दछ ।’

सुन तस्करीमा भरिया मात्रै पक्राउ परेपनि प्रहरीले अहिलेसम्म ठुला सुन तस्करीका नाईकेहरु सार्वजनिक गर्न सकेको छैन । तर केही प्रतिनिधी घटनाहरुमा भने पक्राउ परेका सुन तस्करको पृष्ठभूमीबाट थाह हुन्छ– सुन तस्करीमा मिलेमतोको ठूलो संजाल खडा छ ।

विमानस्थलका चर्चित सुन काण्ड

  • २९ वर्षअघी सुर्खेतबाट निर्वाचित तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बूढा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे २२ किलो सुनसहित पक्राउ परेका थिए । बूढाले चुनावी खर्चका निम्ती त्यतिका धेरै सुन हङकङबाट ल्याएको बताएका थिए ।
  • २०४४ सालमा तत्कालिन अधिराजकुमार धिरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरिक्षक डिबी लामा सुन तस्करीको अभियोगमा परेका थिए । गुरुङले बयानका क्रममा सुन तस्करीमा ठुलाबडाको संग्लनता र भरियामार्फत एक क्विन्टल सुन भित्र्याएको बताएका थिए ।
  • कोरियन नागरिक जो कुन ह्वा र युन सोङ २०५४ मंसिर २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध एक सय किलो सुनसहित पक्राउ परेका थिए ।

प्रकाशित : पुस २१, २०७३ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?