कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३३ किलो सुन प्रकरण छानविनका लागि बन्यो समिति

जनकराज सापकोटा

काठमाडौं — विमानस्थलबाट बाहिरिएको करिब ३३ किलो अवैध सुनको विषयमा छानविन गर्न भन्सार विभागले पाँच सदस्यीय छानविन समीति गठन गरेको छ । विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा समिति गठन गरिएको हो । दस दिनभित्र छानविन सकेर समितिले विभागलाई प्रतिवेदन बुझाउनेछ ।

विमानस्थल भन्सार शाखाका प्रमुख नारायण सापकोटाले सुन तस्करीको घटनापछि उक्त अवधिमा विमानस्थल भन्सारमा खटिएका २९ जना कर्मचारीलाई जिम्मेवारीविहीन बनाइएको बताए । उनले भने, सबैमाथि अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित : पुस २२, २०७३ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?