कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तह पुनर्संरचना आयोगले गर्‍यो ७१९ वटा स्थानीय तहको निर्धारण

राजेश मिश्र

काठमाडौं — स्थानीय तह पुनर्संरचना आयोगले ७१९ वटा स्थानीय तहको निर्धारण गरेको छ । यसअघि ३ हजार बढी स्थानीय निकायहरु थिए । आयोगले शुक्रबार सरकारलाई स्थानीय तहको प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार महानगरपालिका ४, उपमहानगर १२, नगरपालिका २ सय ४१ र गाउँपालिका ४ सय ६२ वटा रहनेछन् ।

स्थानीय तह पुनर्संरचना आयोगले गर्‍यो ७१९ वटा स्थानीय तहको निर्धारण

आयोग अध्यक्ष बालानन्द पौडेलले प्रधानमन्त्री र अन्य मन्त्रीहरुको उपस्थितिमा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई प्रतिवेदन बुझाएका हुन् । काठमाडौं, ललितपुर, चितवन र पोखरा महानगर बनाउन प्रस्ताव आयोगले गरेको छ ।

आयोगले विराटनगर, जनकपुर, हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, इटही, धरान, बुटवल, तुल्सीपुर, घोराही, टिकापुर र नेपालगञ्ज उपमहानगर बनाउन प्रस्ताव गरेको छ ।

प्रकाशित : पुस २२, २०७३ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?