कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४० केजी चरेससहित ४ जना पक्राउ, पक्राउ पर्नेमा ३ जना भारतीय

हरिहरसिंह राठौर

धादिङ — प्रहरीले मंगलबार राति भुमेस्थान–६ स्थित पृथ्वीराजमार्गबाट ४० केजी लागुपदार्थ चरेससहित ४ जनालाई पक्राउ गरेको छ । चरेस किनबेच गर्दै गरेको अवस्थामा पक्राउ पर्नेमा एकजना स्थानीय र महिलासहित ३ जना भारतीय नागरिक रहेका छन् ।

४० केजी चरेससहित ४ जना पक्राउ, पक्राउ पर्नेमा ३ जना भारतीय



भारतीय व्यापारीहरु चसेर कारोबार गर्न आएको सुराकी पाएको प्रहरीले ३ दिनदेखि भारतीयहरुलाई निगरानी गर्दै आएको थियो । 

विद्यार्थीले बोक्ने झोलामा १० केजीका दरले चरेस राखेर किनबेच गरिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चरेस बेच्ने धादिङ, भुमेस्थान–७, निवासी ३४ वर्षीय शम्भु रिजाल, र खरिद गर्नेहरु भारतीय नागरिक विहारस्थित दरभंगा जिल्लाका २० वर्षीय अखिलेशकुमार भगत, १८ वर्षीय सन्तोष पासवान, र दरभंगा घर भई भैरहवा अस्थायी डेरा लिएर बसेकी महिला विटु भनिने २८ वर्षीय मधु गिरी रहेकी छिन् । 

पक्राउ परेकाहरुको साथमा भारु नोट २ हजार दरका ६५ थान लगायत १ लाख ६१ हजार २ सय रुपैंया पनि बरामद भएको प्रहरी नायव उपरिक्षक दिपेन्द्र पन्जियार थारुले बताए । पक्राउ परेकाहरुलाई आवस्यक कारवाहीको लागी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरीले जनाएको छ । 

हरिहरसिंह राठौर/कान्तिपुर

 

प्रकाशित : पुस २७, २०७३ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?