कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार उल्टो बाटो लाग्यो : एमाले नेता पोखरेल

अमृता अनमोल

बुटवल — एमाले नेता शंकर पोखरेलले संविधान संशोधन प्रस्ताव ल्याएर सरकार उल्टो बाटोमा लागेको बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले चुनाव गराउने र संविधान कार्यान्वयन गराउने दायित्व पुरा गराउनु साटो संशोधन प्रस्ताव ल्याएर विवाद बढाउने र देशलाई अधो गतितिर लैजान लागेको आरोप लगाए।

सरकार उल्टो बाटो लाग्यो : एमाले नेता पोखरेल

एमाले नेता शंकर पोखरेलले संविधान संशोधन प्रस्ताव ल्याएर सरकार उल्टो बाटोमा लागेको बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले चुनाव गराउने र संविधान कार्यान्वयन गराउने दायित्व पुरा गराउनु साटो संशोधन प्रस्ताव ल्याएर विवाद बढाउने र देशलाई अधो गतितिर लैजान लागेको आरोप लगाए।

चुनावबाट भाग्न र विवाद बढाउन मात्रै सत्तारुढ दलले १० प्रतिशतलाई रिझाउने र ३३ प्रतिशतलाई अलग्याउने संविधान संशोधन प्रस्ताव ल्याएको दाबी समेत गरे । चोर बाटोबाट आएको संविधान संशोधन प्रस्तावलाई संसदमा सहीबाटोबाट छलफल हुन र पारित हुन नदिने उनको जीकिर थियो ।

संशोधन प्रस्ताव संविधान र नेपाली नागरिकको हित विपरित भएकाले संसदमा त्यसको विरोध र आलोचना गर्ने काम भने निरन्तर गर्ने नेता पोखरेलले बताए । नेता पोखरेलले प्रदेश सीमा क्षेत्रमा पहाड र तराई अलग्याउनु, भाषा र नागरिकतामा उठाइएको संशोधन प्रस्तावले तराई र पहाडमा दुईखाले राष्ट्रियता बढाउनु र देशलाई टुक्र्याउने दिशामा लाग्नु भएकाले मधेसकै नागरिकसमेत विपक्षमा रहेको दाबी गरे ।

प्रकाशित : पुस २८, २०७३ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?