कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपाका वडा, गाउँ, नगर अधिवेशन सुरु

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि वडा, गाउँ, नगरको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । देशभर सुरु भएको महाधिवेशन यही माघ १५ गतेसम्म जारी रहनेछ । वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न भएपछि माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै दिनमा क्षेत्रीय अधिवेशन तथा माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गरिने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि वडा, गाउँ, नगरको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ ।

देशभर सुरु भएको महाधिवेशन यही माघ १५ गतेसम्म जारी रहनेछ । वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न भएपछि माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै दिनमा क्षेत्रीय अधिवेशन तथा माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गरिने कार्यक्रम तय भएको छ । आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वडा, गाउँ, नगर, क्षेत्र तथा जिल्ला अधिवेशनबाट प्रतिनिधि छनोट गरिनेछ ।

पार्टीका नेता देवेन्द्र प्रधानका अनुसार देशभर साधरण सदस्यता वितरण तथा तल्लो तहदेखि प्रतिनिधि छनोटका लागि प्रक्रिया सुरु भइसकेको छ । फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ ।

राप्रपा तथा राप्रपा नेपालबीच एकीकरण भएपछि पहिलो पटक हुन लागेको महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ ।

सो समितिलाई सहयोग गर्नका लागि विभिन्न १२ उपसमिति गठन भई तयारीका लागि विभिन्न चरणका कार्य सुरु भइसकेको छ । रासस

प्रकाशित : माघ ७, २०७३ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?