कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघको आक्रमणबाट बृद्धको मृत्यु

नवीन पौडेल

नवलपरासी — गैडाकोटमा बाघको आक्रमणबाट सोमबार एक बृद्धको मृत्यु भएको छ । नन्दन सामुदायिक वन गैडाकोटमा दाउरा खोज्न जानेक्रममा स्थानीय ६३ वर्षीय सन्तुमाया लामालाई बाघले झम्टदा मृत्यु भएको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले जानकारी दिए ।

बिहान ९ बजेको समयमा २ जना दाउरा खोज्न जंगल पस्दा बाघ देखेपछि भाग्ने क्रममा लामालाई बाघले झम्टिएको र एक जना भाग्न सफल भएको देवकोटाले बताए ।

भाग्न सफल महिलाले गाउँमा आएर अबर गरेपछि गाउँले खोज्न जाँदा लामाको मृत्यु भइसकेको थियो ।

प्रत्यक्षदर्शीले बाघ भनेपनि चितुवा हो या पाटे बाघ नै हो भन्ने विषय नखुलेको वन कार्यालयले जनाएको छ ।
जिल्लामा केही महिनायता बाघको आक्रमण बढेको छ । यो वर्ष मात्र बाघको आक्रमणबाट जिल्लामा ५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : फाल्गुन २, २०७३ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?