कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहमन्त्री र निमित्त महानिरीक्षकबीच भेटघाट

कान्तिपुर संवाददाता

काठमाडौं — उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका दिनेशचन्द्र पोख्रेल र सशस्त्र प्रहरीका नवनियुक्त महानिरिक्षक सिंहबहादुर श्रेष्ठसँग भेट गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानूनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी अघी बढन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

गृहसचिव लोकदर्शन रेग्मीको समेत उपस्थिति रहेको बैठकमा निधिले सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न निर्देशन दिए । निधिले सुन तस्करी, लागु औषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाई गर्न नयाँ जिम्मेवारी सम्हालेको नेतृत्वलाई आग्रह गरे ।

यसैगरी निधिले गृहसचिव रेग्मीलाई भने नागरिकता संशोधन सम्बन्धी विधेयक र विपद् व्यवस्थापन सम्बन्धी विधेयक छिटो पेश गर्न समेत निर्देशन दिए । विगतमा मधेसी मोर्चासँग भएको सहमति अनुसारको मुद्धा फिर्ताको प्रक्रिया तत्काल टुंग्याउन पनि उनले गृहसचिवलाई आग्रह गरे ।

प्रकाशित : फाल्गुन ३, २०७३ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?