कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाठ्यपुस्तक छपाइ जनकले नसके साझा र निजी क्षेत्रलाई दिइनेः शिक्षामन्त्री

कान्तिपुर संवाददाता

काठमाडौं — शिक्षामन्त्री धनीराम पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्न नभ्याएका पाठ्यपुस्तक मुद्रणको जिम्मेवारी साझा प्रकाशनलाई दिने तयारी भएको बताएका छन् ।

आसन्न नयाँ शैक्षिक सत्रका लागि पर्याप्त पाठ्यपुस्तक मुद्रण नभएको सन्दर्भमा उनले राज्यकै अर्को निकाय साझा प्रकाशन र त्यसपछि निजी क्षेत्रलाई प्राथमिकता दिई जिम्मा दिने र वितरणका सम्बन्धमा पनि चाँडै नीतिगत निर्णय हुने बताए ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले शुक्रबार काठमाडौं आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री पौडेलले समयमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगोस् भन्नेतर्फ सरकार गम्भीर भएको बताउँदै पाठ्यपुस्तकको मूल्य समायोजन र क्षेत्रीयस्तरमा मुद्रणको प्रबन्धबारे गुरुयोजना बनाएर कार्यान्वयन गरिने जानकारी दिए ।

आगामी वैशाखदेखि सुरु हुने शैक्षिक सत्रका कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षाले करिब ६० प्रतिशत मात्र उत्पादन गरेको छ । कक्षा १ देखि ५ सम्मको मुद्रण र वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । महासङ्घका अध्यक्ष हरि अर्यालले आफूहरुले जनक शिक्षासँग विगत वर्षको करिब रु दुई करोड बराबरको ढुवानी खर्च लिन बाँकीरहेको गुनासोसहित मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरे । रासस

 

प्रकाशित : फाल्गुन ६, २०७३ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?