कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहदानी किर्ते गर्ने २२ वर्षपछि पक्राउ

देवनारायण साह

मोरङ — राहदानी किर्ते मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले विशेष सुराकीको आधारमा सिरहा-१२ का कामेश्वर साहलाई पक्राउ गरेको हो । जिल्ला अदालत सिरहाले २०५१ चैत ३० गते साहलाई राहदानी किर्ते मुद्दामा १ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।

राहदानी किर्ते मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले विशेष सुराकीको आधारमा सिरहा-१२ का कामेश्वर साहलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत सिरहाले २०५१ चैत ३० गते साहलाई राहदानी किर्ते मुद्दामा १ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो । लुकिछिपी बस्दै आएका साहलाई उनकै घरबाट पक्राउ गरी कैद जरिवाना असुलीका लागि जिल्ला अदालत सिरहामा बुझाएको प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७३ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?