कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नयाँ शक्तिको प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौं — सप्तरी घटनाको विरोधमा नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

सप्तरी घटनाको विरोधमा नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सोमबार मृत्यु भएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई सहिद घोषणा र मृतकका परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन् ।

एमालेले सञ्चालन गरेको मेची महाकाली अभियानमा अवरोध पुर्‍याउन खोज्ने मोर्चाका कार्यकर्तालाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली प्रहार गर्दा मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रकाशित : फाल्गुन २४, २०७३ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?