कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर प्रतिष्ठानमा मिश्र

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाको मंगलबार भएको अधिवेशनले अतुल मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कान्तिपुर प्रतिष्ठानमा मिश्र

निर्विरोध चयन भएको कार्यसमितिको उपाध्यक्ष खुलामा मनीष गौतम, उपाध्यक्ष महिलामा सरस्वती कटुवाल, सचिवमा सुरज कुँवर, सहसचिव खुलामा विश्वेश्वर श्रेष्ठ, सहसचिव समावेशीमा फातिमा बानु, कोषाध्यक्षमा कृष्णशरण पौडेल, सदस्यतर्फ खुलामा केपी भट्टराई तथा महिलामा यामकुमारी अधिकारी र सुनीता साखकर्मी छन् ।

अधिवेशनबाट १९ केन्द्रीय र १४ प्रदेश सभासद चुनिएका छन् । २९ प्रतिस्पर्धी रहेको केन्द्रीय सभासदको चुनावमा हरिबहादुर थापा, बलराम बानियाँ, सुवास ढकाल, राजेन्द्र बस्नेत, मकर श्रेष्ठ, बालकृष्ण बस्नेत, कृष्ण आचार्य, खिम घले, चन्द्रशेखर अधिकारी, दुर्गा खनाल, सन्तोष आचार्य, अनिल गिरी, सञ्जीव गिरी, टीकाराम प्रधान र विनोद घिमिरे विजयी भएका छन् । १८७ सदस्य रहेको प्रतिष्ठान शाखामा १७२ मत खसेको थियो, जसमा ६ मत बदर भएका थिए । केन्द्रीय सभासद महिलातर्फ भने मधु शाही, सिर्जना दुवाल श्रेष्ठ, उपासना घिमिरे र लक्ष्मी भण्डारी निर्विरोध चयन भएका छन् ।

यस्तै प्रदेश सभासदतर्फ देवेन्द्र भट्टराई, गणेश राई, ईश्वरी ज्ञवाली, किशोर बस्नेत, रामरञ्जन पौडेल, प्रशान्त माली, नन्दलाल अम्गाईं, नरेन्द्र रौले, स्वरूप आचार्य, सञ्जीवन महर्जन, शैलेन्द्र अधिकारी, मोहनप्रसाद गुरागाईं, जगदीश्वर पाण्डे र संगम प्रसाईं निर्विरोध चयन भएका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७३ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?