कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी क्षेत्रले स्थानीय तहको निर्वाचन सफल बनाउन सहयोग गर्नेछ : प्रधानमन्त्री

टीकाराम तामाङ

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सफल बनाउन सरकारले निजी क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको समुद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले स्थानीय सरकारलाई सशक्त बनाउन स्थानीय निर्वाचन घोषणा गरिसकेकोले यसलाई सफल गर्नमा निजी क्षेत्रको ठूलो सहयोगको अपेक्षा गरेको बताएका हुन् ।

निजी क्षेत्रले स्थानीय तहको निर्वाचन सफल बनाउन सहयोग गर्नेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सफल बनाउन सरकारले निजी क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको समुद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले स्थानीय सरकारलाई सशक्त बनाउन स्थानीय निर्वाचन घोषणा गरिसकेकोले यसलाई सफल गर्नमा निजी क्षेत्रको ठूलो सहयोगको अपेक्षा गरेको बताएका हुन् ।

अहिले देश राजनीतिक क्षेत्रमा आमूल परिवर्तनपश्चात् संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको भन्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष सिंहदरबारमा निहित अधिकार र स्रोत साधनलाई गाउँ गाउँसम्म पु्र्‍याउने गरी नयाँ संरचनाअनुरुप स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याइएको बताए । यसबाट समेत स्थानीयस्तरमा आर्थिक क्रियाकलापमा बढोत्तरी हुने सरकारको अपेक्षा रहेको उनको भनाइ छ ।

सरकार आर्थिक विकासका लागि उत्तिकै सचेत रहेको भन्दै प्रधानमन्त्रीले आर्थिक विकासका लागि आवश्यक ऐन कानूनहरुलाई सरकारले पारित गर्ने काम निरन्तर रुपमा अगाडि बढाएको बताए ।

उनले भने, 'महासंघ लगायत निजी क्षेत्रको सल्लाह सुझाव समेतलाई मनन गरी देशमा लगानी मैत्री वातावरण तयार गर्ने उदेश्यले नै सरकारले ती ऐन कानुनहरु ल्याएको हो । निजी लगानी प्रवर्द्धन गरी मुलुकको आर्थिक समृद्धि ल्याउन थप कानुन ल्याउने गृहकार्य भइरहेको जानकारी गराउँदछु ।' उनले मुलुकभित्र आर्थिक विकास र समृद्धिका लागि सबैलाई अपिल गरे ।

'राजनीतिक स्थायित्व होला अनि आर्थिक विकासलाई अगाडि बढाउँला भनेर हामी कुरेर बस्ने अवस्था अब छैन' उनले भने, 'हामी धेरै पछाडि परिसकेका छौं, अब यो भन्दा पनि पछाडि पर्ने अवस्था आउन नदिनेतर्फ सबैको सचेत प्रयत्न आवश्यक छ ।'

व्यापार मेलाले नेपाल र अन्तर्राष्ट्रिय देशहरु बीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको भन्दै प्रधानमन्त्रीले नेपालमा रहेको स्रोत साधनको प्रचुरता र लगानी सम्भाव्यताका विषयमा बाह्य जगतमा सन्देश पुर्‍याउन समेत मेला सहयोगी हुने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघले सरकारको सहयोगमा आयोजना गरिएको व्यापार मेलामा नेपाल लगायत छिमेकी देशहरु भारत तथा चीन र सार्क क्षेत्रबाट बंगलादेश, पाकिस्तान, भुटान, थाइल्याण्ड समेतको सहभागिता छ ।

प्रकाशित : चैत्र ३, २०७३ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?