कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुर्जुधारामा ट्रकले पाँच सवारी साधनलाई ठक्कर दिँदा २ को मृत्यु, ७ घाइते

काठमाडौं — काठमाडौंको गुर्जुधारामा शुक्रबार सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् । थानकोटबाट कलंकी आउँदै गरेको ना ३ ख ९७७३ ट्रकको ब्रेक फेल भएपछि पाँचवटा सवारी साधनलाई ठक्कर दिँदा २ चालकको ज्यान जानुका साथै ७ जना घाइते भएका हुन् ।

काठमाडौंको गुर्जुधारामा शुक्रबार सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् ।

थानकोटबाट कलंकी आउँदै गरेको ना ३ ख ९७७३ ट्रकको ब्रेक फेल भएपछि पाँचवटा सवारी साधनलाई ठक्कर दिँदा २ चालकको ज्यान जानुका साथै ७ जना घाइते भएका हुन् । थानकोट प्रहरीका डिएसपी कृष्ण पंगेनीका अनुसार दुर्घटनामा मे १ ख २४३९ नम्बरको मिनी ट्रक चालक झापा अनरमणिका ३७ वर्षीय डम्बर पोखरेल, बा १ ज ७९६७ नम्बरको ट्याक्सी चालक काभ्रे पनौतीका ४६ वर्षीया कान्छा वली लामाको मृत्यु भएको हो । पोखरेलको वीर र लामाको वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ७ जनाको वीर, वयोधा लगायत काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । थानकोट प्रहरी वृत्तका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

ट्रकको ठक्करबाट मृतक पोखरेल र लामाले चलाएको सवारी, अन्य २ वटा स्कुटर र बा ६ च ५४६९ नम्बरको कारमा क्षति पुगेको छ । ।

ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७३ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?