कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तुइन चुँडिएपछि किसान र विद्यार्थी मर्कामा

हरिहरसिंह राठौर

धादिङ — त्रिशूली नदीमा जोडिएको तुइन (तारपुल) चुँडिदा गोरखाका किसान तथा विद्यार्थी मर्कामा परेका छन् । पाँच वर्षअघि निर्माण गरिएको गोरखाको भुम्लिङचोक र धादिङको जोगीमारा तिकराङ जोडने तारपुल (तुइन) शुक्रबार बिहानै चुँडिएको थियो ।

त्रिशूली नदीमा जोडिएको तुइन (तारपुल) चुँडिदा गोरखाका किसान तथा विद्यार्थी मर्कामा परेका छन् ।

पाँच वर्षअघि निर्माण गरिएको गोरखाको भुम्लिङचोक र धादिङको जोगीमारा तिकराङ जोडने तारपुल (तुइन) शुक्रबार बिहानै चुँडिएको थियो । किसानहरुले तरकारी राखेका डोका लोड गर्न नपाउँदै तार चुडिएपछि मानवीय क्षति हुन पाएन । तारपुल भएर भुम्लिङचोकबाट दैनिक राजमार्गमा ल्याइने तरकारी र ५५ जना जोगीमारा मझिमटारस्थित शंखादेवी माध्यमिक विद्यालयमा शिशुदेखि १२ कक्षासम्म अध्ययन गर्न आउने विद्यार्थी मर्कामा परेको शंखादेवी माविका शिक्षक तिलक चेपाङले बताए ।

'गत पाँच वर्षदेखि झोलुङ्गेपुल निर्माण गर्ने चर्चामात्रै चलेको उक्त स्थानमा तार चुँडिएपछि वारपार गर्न अवरोध भएकोले त्रिशूली नदीमा जलयात्रा गर्ने व्यवसायीहरुसँग केही दिनका लागि डुङ्गा दिन आग्रह गरेका छौं ’ शिक्षक चेपाङले बताए ।

प्रकाशित : चैत्र ४, २०७३ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?