आईजीपी विवादमा सर्वोच्चले मंगलबार निर्णय सुनाउने

कृष्ण ज्ञवाली

काठमाडौं — सर्वोच्च अदालतले प्रहरी महानिरिक्षक नियुक्ती विवादमा मंगलबार निर्णय सुनाउने भएको छ । प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशको वृहत इजलाशले सोमबार मुद्दाको सुनुवाई सकिए पनि मंगलबार निर्णय सुनाउने मिति तोकेको हो ।



सोमबारको बहसमा महान्यायाधिवक्ता रमण श्रेष्ठसहितका सरकारी वकिलहरुले आईजीपी नियुक्तीमा सरकारले गरेको निर्णयको बचाउ गरेका थिए । यसअघि अन्तरिम आदेश दिँदा संलग्न न्यायाधीशहरु नै अन्तिम सुनुवाईमा संलग्न भएको भन्दै जयबहादुर चन्दका कानून व्यवसायीहरुले भने इजलाश बहिस्कार गरे ।

 

प्रकाशित : चैत्र ७, २०७३ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्

संशोधन बिना चुनाव सम्भव छैन, गर्न पनि दिँदैनौं : ठाकुर

अवधेशकुमार झा

राजविराज — तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकन बिनाको संशोधन स्वीकार्य नहुने बताएका छन् । उनले संविधान संशोधन नगरेसम्म कुनै पनि हालतमा निर्वाचन गर्न नदिने बताउँदै संविधान संशोधन विना गरिने निर्वाचनको पनि कुनै औचित्य नरहने बताए ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकन बिनाको संशोधन स्वीकार्य नहुने बताएका छन् ।

उनले संविधान संशोधन नगरेसम्म कुनै पनि हालतमा निर्वाचन गर्न नदिने बताउँदै संविधान संशोधन विना गरिने निर्वाचनको पनि कुनै औचित्य नरहने बताए ।

गत फागुन २३ गते सप्तरीको मलेठमा भएको हिंसात्मक झडपमा प्रहरीको गोली लागी मृत्यु भएकाहरुको परिवारलाई भेट्न आज सप्तरी आएका अध्यक्ष ठाकुरले संविधान संशोधन नगरी निर्वाचन गर्न सरकारलाई चुनौती दिए ।

मृतक परिवारलाई भेटेपछि स्थानिय संचारकर्मीसित संक्षिप्त कुरा गर्दे उनले भने, ‘संशोधन बिना चुनाव सम्भव छैन, गर्न पनि दिँदैनौं । सरकार गर्न पनि सक्दैन ।’ ठाकुरले मलेठ घटनामा मृत्यु भएका पाँचैजनाको परिवारलाई प्रति परिवार २५ हजारका दरले सहयोग समेत प्रदान गरे ।

प्रकाशित : चैत्र ७, २०७३ १८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्