चिनियाँ रक्षामन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने

कान्तिपुर संवाददाता

काठमाडौं — दुई मुलुकबीच संयुक्त सैन्य अभ्यासको सम्झौता भएपछि पहिलो पटक नेपाल आउन लागेका चीनका रक्षामन्त्री च्याङ वानक्वानले आसन्न नेपाल भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँड र प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई भेट्ने भएका छन् ।

रक्षा मन्त्रालय स्रोतका अनुसार चैत १० मा नेपाल आउने च्याङले सबैभन्दा पहिले प्रधानमन्त्री दाहाललाई भेट्ने कार्यक्रम छ । उनले सोही दिन रक्षामन्त्री खाँडसँग पनि भेटवार्ता गर्ने छन् । उनले प्रधानसेनापति क्षत्रीसँग जंगी अड्डामा चैत ११ मा वार्ता गर्नेछन् ।

उनको भ्रमणमा दुई मुलुकबीचको सुरक्षा कूटनीति र अभ्यासबारे छलफल हुने सैन्य स्रोतले जनाएको छ । च्याङ चैत १२ मा नेपालबाट श्रीलंका देशतर्फ लाग्नेछन् ।

प्रकाशित : चैत्र ७, २०७३ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

देउवाले भने– चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ !

कान्तिपुर संवाददाता

भक्तपुर — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । कांग्रेस मासिक पत्रिकाले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचन नभए संविधान कार्यान्वयन अवरुद्ध हुने बताए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

कांग्रेस मासिक पत्रिकाले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचन नभए संविधान कार्यान्वयन अवरुद्ध हुने बताए ।

‘गाउँगाउँमा चुनावको माहौल बनेको बनिसकेको छ, निर्वाचन हुन्न कि भनेर शंका नगर्नुस्’, उनले भने, ‘सबै निर्वाचनको तयारीमा लाग्नुस् ।’
कार्यक्रममा सभापति देउवाले सबै मिलेर निर्वाचनलाई सफल पार्नुपर्नेमा जोड दिंदै निर्वाचन पश्चात् संविधान कार्यान्वयन हुने र गणतन्त्रको उपलब्धी मजबुद हुने उल्लेख गरे ।

चुनाव नभए संवैधानिक संकट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औल्याउँदै देउवाले भने,‘चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शंका नगर्नुस्, चुनाव नभए संवैधानिक संकट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।’

हिमाल, पहाड र तराईलाई फुटाएर विभाजन गरेर यहाँका बासिन्दाको एकता भाड्ने षडयन्त्र भइरहेको बताउँदै देउवाले तराई, पहाड, र हिमालमा बस्ने सबै नेपालीहरु बिच फाटो ल्याउने षडयन्त्र भईरहेको बताए । यसलाई चिर्न पनि कांग्रेसले निर्वाचनलाई सफल पार्नु जरुरी भएको समेत उनले बताए ।

कार्यक्रममा सभापति देउवाले निर्वाचनको वातावरण बनाउन नेकपा एमाले र मधेशवादी दलसँग निरन्तर वार्ता भैरहेको बताएका छन् । कांग्रेस बाहेक सबै सर्वसत्तावादी पार्टी भएको आरोप लगाउँदै देउवाले हिमाल, पहाड र तराईलाई फुटाउने षडयन्त्र कांग्रेसले सफल हुन नदिने बताए ।

प्रकाशित : चैत्र ७, २०७३ १९:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT