कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फाल्कुनका सुरक्षागार्डहरु दूतावासको शरणमा

युएईको राष्ट्रपतिका सल्लाहकारको कम्पनीमा नेपाली पीडित
होम कार्की

काठमाडौं — संयुक्त अरव इमिरेट्स (युएई) का राष्ट्रपतिका सल्लाहकार डा. शेख सुल्तान बिन खलिफा बिन जायद अल–नायनको रोयल फाल्कन सेक्युरिटी, कम्पनीले ८ महिनादेखि तलव नदिएपछि १७ नेपाली सुरक्षागार्ड बिहिवारदेखि नेपाली दुताबासको शरणमा बसेका छन् ।

फाल्कुनका सुरक्षागार्डहरु दूतावासको शरणमा

फाल्कुन ब्यबस्थापन, नेपाली दुताबास र पीडित कामदारहरुबीचको छलफल निष्कर्षमा नपुगेपछि पीडितहरु क्याम्प नफर्की दुताबासको परिसरभित्र बस्न थालेको हो । ‘कम्पनी व्यवस्थापनले एक हप्ताभित्र तलब भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए,' पीडित कामदार रञ्जन रिमालले भने,‘बिहिबारको छलफलमा शुरुमा तलब बुझ्न लाइन बस्न भन्यो । पछि पैसा छैन भनेर पन्छिए । हामीलाई कम्पनीलाई १० महिनादेखि झुक्काउदै, छल्दै आइरहेको छ । धेरै मानसिक तनाब भोग्नुपर्‍यो । अब हामी तलब पर्खेर बस्ने अबस्थामा छैन । स्वदेश फिर्न चाहन्छौं ।’

१० महिना अघि त्यस कम्पनीमा २४ जना पुगेका थिए । जसमा तलबै नबुझी ६ जना तीन साताअघि फर्किसकेका छन् । १८ जनाले २ महिनाको मात्रै तलब पाएका छन् । पीडितहरुमा मदनकुमार दाहाल (ताप्लेजुङ), मणीप्रसाद दाहाल (खोटाङ), राजकुमार नेपाल (सिन्धुपाल्चोक), मणी निरौला (सोलुखुम्बु), राजु चालिसे (गुल्मी), सुजन कँडेल (धादिङ), रञ्जन रिमाल( गोरखा), रबिन्द्र राई (सुनसरी), शैलेन्द्र मोक्तान (मकवानपुर), रोबट घिमिरे (झापा), प्रेमबहादुर गुरुङ (स्याङजा), सन्तोष ठकुरी (बारा), रुसान्त स्याङतान (मकवानपुर), सन्दिप कुमार महत्तो, रामबहादुर गम्बो (रसुवा), शिबराज कार्की (भक्तपुर) र रामनाथ तिमल्सीना (कैलाली) रहेका छन् ।

कप्पनी ब्यबस्थापनले तोकिएको म्यादमा तलब भुक्तानी गर्न नसकेपछि ओमन र साउदी बोर्डरका बिभिन्न कम्पनीमा दिँदै आएको सुरक्षा छोडेर बसेका छन् । ‘बिहीबार ७ जना दुताबासमा बस्यौ । बाँकी साथीहरु शुक्रबार बेलुकासम्म आइपुग्नेछन्,’ उनले भने,‘दुतावासमा बस्न पाउदा हामीले सुरक्षित महसुस गर्न पाएका छौं । यसमै खुसी छौं ।’

युएईको अर्धसरकारी कम्पनीको रहेको रोयल फाल्कनले पुरानो नेपाली सुरक्षा गार्डलाई डिसेम्बर यता तलब भुक्तानी गरेको छैन् । त्यस कम्पनीमा झन्डै ३ सय सुरक्षा गार्ड कार्यरत छन् । त्यहाँ दुई वर्षदेखि कार्यरत नेपाली समेत छन् । सल्वकन ‘एसबिके होल्डिङ अफ ग्रुप कम्पनी’को एउटा सदस्य कम्पनी हो ।

सन् २०१२ मे ७ बाट कम्पनी खोलेर फल्कनले नेपाली लगायत बिदेशीलाई बिभिन्न होटल, मल र सिमाका छेउका कम्पनीहरुलाई सुरक्षागार्डको सप्लाई गर्दै आएको थियो । ‘अर्धसरकारी र शेखको कम्पनी भनेर युएई आयौ । म्यानपावरलाई तीन लाख ८० हजार देखि ४ लाख २५ हजार रुपैया बुझायौ,’ गोर्खाका सरोज अर्यालले भने,‘युएई पुगेको ९ महिनासम्म पनि काम नपाएपछि फर्किनु पर्‍यो ।’ त्यस कम्पनीमा डिडि म्यानपावर र सेभेन सिज म्यानपावरले पठाएको हो ।

कम्पनीले कामदारलाई दुई हजार दिराम मासिक तलब दिने गरी कामदार लगिएको थियो । ‘नयाँ लटका कामदार जुनमा आएका हौ । त्यसमा गत डिसेम्बर महिनादेखि मात्रै काममा लगायो । तैपनि तलब दिएको छैन,’ भण्डारीले भने,‘कम्पनीले गत जुन ९ गतेदेखि तलब दिने सम्झौता गरेको थियो ।’

आर्थिक समस्याले उनीहरुको दैनिक जीवनयापनमा समेत कठिनाइ परेको छ । ‘पैसा नहुदाँ गुणस्तरहिन खाना खाइरहेका छौ । पैसा भन्दा रोग कमाइरहेका छौं,’ रञ्जन रिमालले भने,‘शेखको कम्पनी भनेर हामीलाई डर देखाइन्छ । हामी मध्ये कति जना साथीहरु डरल बोल्न सकिरहेको छैनन् । कति जना तातोपानी र खवुस खाएर काम गरिराख्नुपरेका छन् । बिरामी पर्दा उपचार गर्न साथीभाईसँग ऋण खोज्नुपर्छ ।’

नेपाली दूतावासले पीडितहरुले पाउनुपर्ने तलब सेवा सुबिधा दिलाउन पहल जारी राखेको जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०७३ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?