नेपाल एयरलाइन्सका क्याप्टेन ९३ हजार अमेरिकी डलरसहित पक्राउ

जनकराज सापकोटा

काठमाडौं — नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।आइतबार राति नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवालेलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले पुष्टि गरे ।

नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।

आइतबार राति नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवालेलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले पुष्टि गरे ।

महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी नवराज कार्कीका अनुसार अवालेलाई राति साढे २ बजे गौशाला प्रहरीमा ल्याइएको थियो । बिहान पुन: उनलाई प्रहरीले थप अनुसन्धानका लागि एयरपोर्ट नै लगेको छ ।

अवालेको ठाउँमा नेपाल एयरलाइन्सले महेशमान डंगोललाई क्याप्टेन बनाएर पठाएको छ ।

प्रकाशित : चैत्र २८, २०७३ ०९:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डीपीएलको पहिलो खेलमा सीवाइसी अत्तरिया विजयी [लाइभ अपडेट]

सीवाइसी अत्तरियाले ४० रनले हरायो काठमाडौं गोल्डेन्सलाई
विनोद पाण्डे, कञ्चन अधिकारी

धनगढी — सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४६ रन बनाएको थियो ।

जबाफमा काठमाडौं गोल्डेन्स १८.४ ओभरमा १०६ रनमा अल आउट भयो । एसएसपी कार्यालय मैदानमा सीवाइसी अत्तरियाबाट अविनाश बोहराले ४ र विनोद लामाले ३ विकेट लिए ।

...

सगरमाथा धनगढी प्रिमियर लिग (डीपिएल) अन्तर्गतको पहिलो दिनको खेल काठमाडौं गोल्डेन्स र सीवाइसी अत्तरियाबीच जारी छ । सोमबार बिहान धनगढीको अञ्चल प्रहरी खेल मैदानमा भएको खेलमा टस हारेर व्याटिङ गरेको सीवाइसी अत्तरियाले ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको छ । काठमाडौं गोल्डेन्सले १ सय ४७ रनको लक्ष्य पाएको छ ।

सीवाइसी अत्तरियाले ६ विकेट गुमाइ १ सय ४६ रन बनाएको छ । ज्ञानेन्द्र कुँवर २३ बलमा ३४ र प्रदीप ऐरी ५ बलमा १३ रन बनाइ नट आउट रहे ।

...

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गतको पहिलो दिनको खेल काठमाडौं गोल्डेन्स र सीवाइसी अत्तरियाबीच भइरहेको छ । सोमबार बिहान धनगढीको अञ्चल प्रहरी खेल मैदानमा हुन लागेको खेलमा काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

हामी ट्विटरबाट अपडेट दिइरहेका छौं ।

प्रकाशित : चैत्र २८, २०७३ ०९:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT