कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा नेपाली कांग्रेस कार्यालयमा तोडफोड

गणेश चौधरी

टीकापुर — कैलालीको लम्कीचुहा नगरपालिका–६, गुलरामा रहेको नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा आइतबार राति तोडफोड र आगजनी भएको छ । राति करिब डेढ बजेतिर तोडफोड र आगजनी भएको हो । अज्ञात समूहले आगजनी र तोडफोड गर्न थालसंगै घरमालिक डबल विष्ट आएपछि उनलाई पनि कुटपीट गरेका थिए । करिब ४ जनाको समूह आएर तोडफोड र आगजनी गरेको बताइएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–६, गुलरामा रहेको नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा आइतबार राति तोडफोड र आगजनी भएको छ । राति करिब डेढ बजेतिर तोडफोड र आगजनी भएको हो ।

अज्ञात समूहले आगजनी र तोडफोड गर्न थालसंगै घरमालिक डबल विष्ट आएपछि उनलाई पनि कुटपीट गरेका थिए । करिब ४ जनाको समूह आएर तोडफोड र आगजनी गरेको बताइएको छ ।

चुनाव प्रचारप्रसारका लागि खोलिएको कार्यालयमा रहेको झण्डा जलाइनुका साथै फर्निचर तोडफोड गरिएको नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता प्रशुराम चौधरीले बताए ।

खबर पाउने वित्तिकै घटनास्थल आफूहरु पुगेको र अपराधीहरु फरार रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक नैनसिंह साउदले बताए । उनीहरुको खोजी कार्य भइरहेको उनले बताए । चुनाव विथोल्ने र चुनाव हार्ने हतोत्साहित मनस्थितका कारण घटना घटाइएको नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ का सभापति भक्त थापाले प्रतिक्रिया दिए ।

प्रकाशित : वैशाख ४, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?