कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहाडी र मधेसीका नाममा विष छर्केर राष्ट्रियता बलियो हुँदैन : मन्त्री लेखक

'मोर्चा आए निर्वाचन दुई चरणमा'
मोहन शाही

डोटी — मधेसी मोर्चाले निर्वाचनमा आउने सुनिश्चितता गरे दुई चरणमा निर्वाचन गर्न सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बताएका छन् ।

पहाडी र मधेसीका नाममा विष छर्केर राष्ट्रियता बलियो हुँदैन : मन्त्री लेखक

प्रेस युनियन डोटी शाखाले मंगलबार बिहान दिपायलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । उनले बैशाख ३१ गतेमै निर्वाचन हुने दाबी पनि गरे । ‘निर्वाचन आयोग र सरकार निर्वाचनका लागि तयार भइसकेका छन्, त्यो भन्दा पछि सर्न सकिँदैन’, उनले पत्रकारहरुसँग भने–‘प्रदेश नं. २ का सवालमा मधेसी मोर्चा निर्वाचनमा आउने निश्चित भएमात्र अर्को चरणमा त्यहाँ मात्र निर्वाचन सार्न सकिन्छ ।’ मतपत्र छाप्ने, सुरक्षा व्यवस्था, चुनावी प्रकृया सबै तयारी अवस्थामा रहेकाले निर्वाचन सर्ने कुरामा मतदाता अन्योलमा नपर्न उनले सुझाव दिए ।

डोटीको आदर्श गाउँपालिकामा मंगलबारबाट सुरु हुन लागेको प्रभात शैक्षिक तथा धार्मिक महोत्सव उद्घाटनका लागि मन्त्री लेखक यहाँ आएका हुन् । उनले एमाले र संयुक्त मधेसी मोर्चा गठनबन्धनले देखाइरहेका क्रियाकलापप्रति असन्तुष्टि पोखे । उनले दुवै पक्षलाई पहाडी र मधेसीका नाममा एक अर्काप्रति विष छरेर राष्ट्रियता कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए । ‘पहाडी, हिमालीहरुमा मधेसी जनताप्रति विष छर्ने काम एमालेले गरिरहेको छ’, मन्त्री लेखकले कांग्रेसको चुनावी रणनीतिलाई घुमाउँदै पत्रकार सम्मेलनमा भने- ‘मधेसी मोर्चाहरुले पहाडी जनताप्रति विष छर्ने काम गरिरहेका छन्, यसले राष्ट्रियता बलियो नभई दिशाहीन, अन्तहिन द्वन्द्वमा धकेल्ने निश्चित छ ।’

आर्थिक समृद्धि र राष्ट्रियता बलियो बनाउने काम कांग्रेसले मात्र गर्न सक्ने दाबी मन्त्री लेखकको थियो । ०६४ को निर्वाचनमा कांग्रेस कमजोर हुँदा संविधान लेख्न नसकिएको प्रमाण मतदातासामु ताजै छ’,कांग्रेसले निर्वाचन जित्नु पर्ने कारणलाई प्रस्ट्याउँदै मन्त्री लेखकले भने– ‘०७० को निर्वाचनमा बलियो हुँदा कांग्रेसकै नेतृत्वमा निर्वाचन गरेर देखाइदियौं, अब संविधान कार्यान्वयन र आर्थिक समृद्धि पनि कांग्रेसबाट मात्रै सम्भव रहेकाले मतदाताले छातीमा हात राखेर जिताउनु पर्छ ।’

सोमबार मन्त्री लेखकले डोटीको जोरायल गाउँपालिकामा कांग्रेसका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गरेका थिए । कांग्रेसका पक्षमा जनलहर रहेको बताउँदै उनले कार्यकर्ताहरुलाई एकजुट भएर अघि बढ्न निर्देशन दिएका थिए ।

प्रकाशित : वैशाख ५, २०७४ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?