कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदीसंग भेटवार्ता

संविधान कार्यान्वयनमा भारतलगायतको सद्भाव चाहिन्छ: भण्डारी, नेपालको प्रयास र विकासमा साथ छौं: मोदी
कमलदेव भट्टराई

नयाँ दिल्ली — भारतको राजकिय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसंग मंगलबार साँझ भेटवार्ता गरेकी छिन् ।दुवै भेटवार्ता आपसी हित, दुईपक्षिय सम्बन्ध सुदृढीकरण तथा अन्य विविध विषयमा केन्द्रित भएको अधिकारीहरुले जानकारी गराएका छन् ।

राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदीसंग भेटवार्ता

भारतको राजकिय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसंग मंगलबार साँझ भेटवार्ता गरेकी छिन् ।

दुवै भेटवार्ता आपसी हित, दुईपक्षिय सम्बन्ध सुदृढीकरण तथा अन्य विविध विषयमा केन्द्रित भएको अधिकारीहरुले जानकारी गराएका छन् ।

भेटमा भण्डारीले दुई देशको घनिष्ठ सम्बन्धलाई अझ जनताको तहमा पुर्‍याउन आवश्यक भएकोमा जोड दिएकी थिइन् । साथै भण्डारीले संविधानको कार्यान्वयनमा लागि नेपाल सरकारले गरिरहेका प्रयासहरुको बारेमा समेत भारतिय समकक्षी र प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री माेदीलाई विशेष गरेर नेपाल सरकार संविधान कार्यान्वयनमा लागि रहेको उल्लेख गर्दै भारत लगायत अन्तर्राष्ट्रिय समुदायको सद्भावको आवश्यकता रहेको बताएकी थिइन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री मोदी बीच मंगलबार साढे चार बजेदेखि पाँच बजेसम्म भेटवार्ता भएको थियो ।

परराष्ट्र मन्त्री प्रकाशसरण महतका अनुसार मोदीले भारत सधै नेपाल र नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै नेपालको सबै प्रयास र विकास प्रकृयामा भारतको साथ रहने बताएका थिए ।

मोदीले यस भेटावार्तामा नेपालमा हुन लागि रहेको स्थानीय तहको निर्वाचन र मधेसमा भइरहेको असन्तुष्टीका बारेमा कुनै कुरा उप्काएनन् । बरु दुई देशबीचको र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ बनाउन तत्पर रहेको उल्लेख गरेका थिए ।

यस्तै भारतिय राष्टपतिले नेपालको समृद्धी, विकास र शान्तिमा आफूहरुको संधै सहयोगी रहने जवाफ दिएका थिए । ‘समाजका सबै तह र तप्काका मागलाई सम्बोधन गरेर निर्वाचन गराउन नेपाल सरकारले गरिरहेको पहलको म सराहना गर्दछु,’ भेटवार्तामा सहभागी एक उच्च अधिकारीले मुखर्जीलाई उद्धृत गर्दै भने । मुखर्जीले आफू संधै नेपालको स्थीरता, शान्ति र विकासको पक्षमा रहेको बताएका थिए ।

भेटपछि भण्डारी समकक्षी मुखर्जीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएकी थिइन् ।

प्रकाशित : वैशाख ५, २०७४ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?