कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्र निर्धारण गर्‍यो

१० हजार ६४० मतदानस्थल, १८ हजार ५७२ मतदान केन्द्र

काठमाडौं — निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदानकेन्द्रको संख्या निर्धारण गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मतदानस्थल र मतदानकेन्द्रको संख्या निर्धारण गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार, मतदानस्थलको संख्या १० हजार ६४० र मतदान केन्द्र १८ हजार ५७२ निर्धारण गरिएको छ ।

निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्र निर्धारण गर्‍यो

निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदानकेन्द्रको संख्या निर्धारण गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मतदानस्थल र मतदानकेन्द्रको संख्या निर्धारण गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार, मतदानस्थलको संख्या १० हजार ६४० र मतदान केन्द्र १८ हजार ५७२ निर्धारण गरिएको छ ।

जसअनुसार काठमाडौंमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ । आयोगको यो निर्णयबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुंगाे समेत लागेको छ ।

अायाेगले निर्धारण गरेकाे मतदानकेन्द्र तथा मतदानस्थलकाे संख्या :

प्रकाशित : वैशाख ६, २०७४ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?