कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ जिल्लाका सुरक्षा प्रमुख काभ्रेमा

नगेन्द्र अधिकारी

काभ्रे — निर्वाचन सुरक्षा रणनीति बनाउन मध्यमाञ्चाल विकास क्षेत्रका ११ जिल्लाका सुरक्षा प्रमुख काभ्रेमा भेला भएका छन् । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी छन् ।

११ जिल्लाका सुरक्षा प्रमुख काभ्रेमा

वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनमा खटिएका सुरक्षा निकायलाई थप स्पष्ट बनाउन सुरक्षा गोष्ठी आयोजना गरिएको सुरक्षा व्यवस्था महाशाखा प्रमुख समेत रहेका प्रवक्ता वालकृष्ण पन्थीले जानकारी दिए ।

उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचनको सुरक्षा व्यवस्था, राजनीतिक प्रकृयाको सहजिकरण र निर्वाचन प्रकृया सुचारु गर्ने प्रमुख कार्यभार रहेको बताए । कानुनी अड्चन बाहेकका मापदण्ड मिचेर भएपनि सुरक्षा विश्वसनीय वातावरण बनाउन कुनै कसुर बाँकी नराख्ने बताए । उनले जनशक्ति र श्रोत साधनको कुनै समस्या नपर्ने भन्दै उनले निर्वाचनमा खटिने सबै सुरक्षाकर्मीको जिल्ला आफूले लिने बताए । ‘कर्तव्यपथमा डटेर लाग्नुस्, केन्द्रीय सुरक्षा समितिले तपाईहरुको संरक्षण गर्छु,’ उनले भने, ‘हनुमान जसरी दायाबाया बसेर तपाईंहरुको संरक्षण गर्छौ, तपाईहरु ढुक्क हुनुस् ।’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले घर घरको निर्वाचन भएकाले सुक्ष्म रुपमा सुरक्षा व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता औल्याए ।

गोष्ठीलाई उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सम्बोधन गर्ने कार्यक्रम छ । क्षेत्रीय प्रशासक शम्भू कोइराला, प्रहरी महानिरिक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी सहभागी छन् ।

प्रकाशित : वैशाख ८, २०७४ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?