कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ शक्ति र समाजवादी फोरमबीच एकता गर्न संयोजन समिति

काठमाडौं — नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताका लागि डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहेको 'पार्टी एकता संयोजन समिति' गठन गरेको छ ।

नयाँ शक्ति र समाजवादी फोरमबीच एकता गर्न संयोजन समिति

नयाँ शक्ति पार्टीको तर्फबाट जारी गरिएको बिज्ञप्तीमा दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनका लागि ‘पार्टी एकता संयोजन समिति’गठन गर्ने निष्कर्षमा पुगिएको उल्लेख गरेको छ ।

समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति गरेको पनि उल्लेख गरेको छ ।

प्रकाशित : वैशाख ८, २०७४ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?