कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेइजिङमा नेपाली पर्यटन प्रवर्द्धन

चेतनाथ आचार्य

बेइजिङ — चीनका लागि राजदूत भएर आउनासाथ चिनियाा अधिकारीसँग लीलामणि पौडेलले सन् २०१७ लाई चिनियाँ पर्यटकका लागि नेपाल भ्रमण वर्षको प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई चिनियाँ अधिकारीले पनि सकारात्मक रुपमा लिादै चालू वर्ष सन् २०१७ लाई चिनियाँ पर्यटकका लागि नेपाल भ्रमण वर्ष मनाउन सहमत जनाएका थिए । राजदूत पौडेलको प्रस्तावअनुसार शुक्रबार बेइजिङमा चिनियाँ पर्यटकका लागि नेपाल भ्रमण वर्षको शुभारम्भ भएको छ ।

बेइजिङमा नेपाली पर्यटन प्रवर्द्धन

यसभन्दा अगाडि नै चिनियाँ विभिन्न पर्यटन व्यवसायी र विमानसेवा कम्पनीका प्रतिनिधिहरुलाई बोलाएर नेपालमा अधिक चिनियाँ पर्यटक पठाउन नेपाली दूताबासले विभिन्न चरणमा कार्यक्रम आयोजना गरिसकेको छ । अनौपचारिक रुपमा नेपाली पर्यटनको प्रवनात्मक कार्यक्रम भइरहेको भए पनि औपचारिक रुपमा चाहिा चिनियाा पर्यटकका लागि सन् २०१७ नेपाल भ्रमण वर्ष शुक्रबार सुरु भएको हो ।

नेपाली लगानीमा खुलेको नमस्ते रष्टुरेन्टमा शुक्रबार अपरान्ह नेपाली दूताबासले आयोजना गरेको कार्यक्रममा चिनियाा राष्ट्रिय पर्यटन प्रशासन कार्यालयका उपसभापति वाङ स्यावोफिङले चिनियाा पर्यटकका लागि नेपाल सर्वोत्कृष्ट गन्तव्य स्थल रहेको बताए । नेपालको हावापानी र प्राकृतिक सौन्दर्यले सबै पर्यटकलाई मोहित बनाउने बताउादै चिनियाा पर्यटकलाई नेपाल नकिै मन पर्ने भने । दुई देशबीचको सांस्कृतिक आदानप्रदान र सम्बन्धले पनि अधिक चिनियाा पर्यटकलाई नेपाल भ्रमण गर्न उत्साही बनाएको बताउादै नेपालीले चिनियाालाई गर्ने माया र अतिथि सत्कारले पनि एकपटक नेपाल पुगेको चिनियाा पुन: दोहोर्‍याएर जान चाहने विचार व्यक्त गरे । नेपालको भौगोलिक सुन्दरता र सांस्कृतिक समिश्रणले पनि चिनियाालाई मोहित बनाएको जनाउादै आफ्नो संस्थाले नेपाल भ्रमण गर्नका लागि चिनियाा पर्यटकलाई उत्साहित बनाउने उनले बताए । चिनियाा राष्ट्रिय पर्यटन प्रशासन चीनको पर्यटन मामिलामा सरकारी उच्च निकाय हो ।

पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले भूकम्पपछि नेपाली पर्यटन क्षेत्र पूर्ण रुपमा पुरानै अवस्थामा फर्किएको बताउादै नेपालका महत्वपूर्ण सम्पदाहरु सुरक्षित रहेको बताए । नेपालको पर्यटन क्षेत्रमा चिनियाा पर्यटकहरु आधारस्तम्भ भएको औाल्याउादै नेपाल सरकारले गत वर्षदेखि नै चिनियाा पर्यटकका लागि निशुल्क भिसा दिन थालेको र अधिक चिनियाालाई यसको बारेमा जानकारी दिनुपर्ने उल्लेख गरे । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि पर्यटन क्षेत्रले मेरुदण्डको काम गर्ने बताउादै उनले भूकम्पपछिको पुननिर्माणमा चीनले गरेको सहयोगको प्रशंसा गरे । सन् २०१० पछि २०१५ मा बाहेक हरेक वर्ष चिनियाा पर्यटक बढिरहेको उल्लेख गर्दै दुई देशबीचमा आपसी संजाल बढाउने र हवाइ सेवालाई थप गर्दै अझै सस्तो बताउनुपर्ने कुरामा उनले जोड दिए ।

कार्यक्रमको सुरुमा स्वागत मन्तव्य राख्दै राजदूत पौडेलले चिनियाँहरुको विदेश घुम्ने र खर्च गर्ने बानी बढेको अवस्थामा चीनकै छिमेकी मुलुक नेपालले त्यसबाट लाभ प्राप्त गर्नुपर्ने उल्लेख गरे । अहिले विश्वको पर्यटन क्षेत्रको आधार नै चिनियाा पर्यटक रहेको बताउादै नेपाल चिनियाा पर्यटकलाई बिदा मनाउन लागि नेपाल सबैभन्दा उत्तम गन्तव्य रहेको औाल्याए । उनले नेपालको पर्यटन क्षेत्रमा विश्वले गरेको मूल्यांकनलाई बुादागत रुपमा प्रस्तुत गरेका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धनात्मक सामग्री प्रस्तुत गरेका थिए । कार्यक्रममा चिनियाा ट्राभल्स संंघका अध्यक्ष तथा चाइना सिवाइटिएस टुर्स होल्डिंग कम्पनीका सभापति चांग ली चुनले चिनियाा पर्यटकका लागि नेपाल अत्यन्त प्यारो रहेको बताए । उनले आफ्नो कम्पनीमार्फत हरेक वर्ष थुप्रै चिनियााले नेपालको भ्रमण गरिरहेको उल्लेख गरे । नेपाल भ्रमण गएर फर्किएका विभिन्न व्यक्तिहरुले आफ्नो नेपाल भ्रमणको अनुभवलाई फोटो सहितको पावर प्वोइन्टबाट प्रस्तुति गरेका थिए । 

कार्यक्रममा बेइजिङमा अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपाली संस्कृति झल्किने खालका विभिन्न नेपाली गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । 

प्रकाशित : वैशाख ८, २०७४ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?