कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चोरीका सामान बरामद

रवीन्द्र उप्रेती

महोत्तरी — भन्सार छलेर ल्याएको पाँच लाख बढी मूल्यका तयारी पोशाकलगायतका सामान शुक्रबार प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

 चोरीका सामान बरामद

नेपाल-भारत सीमा नाकाबाट चोरी तस्करी गरी महोत्तरी र धनुषाका बजारतर्फ लाँदै गरिएका सामान प्रहरी निरीक्षक वीरेन्द्र पनेरु नेतृत्वको विशेष गस्तीले भिट्ठामोड, रामगोपालपुर, जलेश्वर जीरोमाईल, मटिहनी आसपासका स्थानबाट बरामद गरेको हो । भारतबाट भन्सार छलेर भित्र्याएको कोट पाइन्ट, बुट्टे, सिफन एवं कटन साडी, कुर्ता सुरुवाल, धोती, विभिन्न ब्रान्डका खाने तेल, चिनी, पापड साबुनलगायतका सामन बरामद गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले जनाए । लम्सालकाअनुसार स्थानीय तह निर्वाचन तयारीमा सुरक्षा निकाय लागेको मौका छोपेर नेपाल-भारत सीमा आसपासका क्षेत्रमा तस्करको चलखेल बढेको छ । बरामद सामान जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित : वैशाख १५, २०७४ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?