कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुलुक राष्ट्रिय एकतातर्फ: प्रधानमन्त्री

कृष्ण आचार्य

काठमाडौं — नयाँ संविधानले व्यवस्था गरेको स्थानिय तहको निर्वाचनमा सबै राजनीतिक शक्तिहरु होमिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक राष्ट्रिय एकतातर्फ अघि बढेको बताएका छन् ।

मुलुक राष्ट्रिय एकतातर्फ: प्रधानमन्त्री

योजना आयोगले आयोजना गरेको राष्ट्रिय विकास समस्या समाधन समितिको ३९ औं बैठकलाई सम्बोधन गर्दै दाहालले पहिलो चरणको निर्वाचनको माहौलले गौरब महसुस गरेको बताए । ‘आज मलाई गौरवको महसुस भएको छ । मुलभूत रुपमा हामी सफल भएका छौ । सबै राजनीतिक दल र देशका सबै समूदाय सहभागी भएर पहिलो चरणको निर्वाचनको प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘चुनावी माहौल निकै अघि बढीसकेको छ । मुलुकमा अत्यन्तै राम्रो राजनीतिक प्रगतिको संकेत गरेको छ । र राष्ट्रिय एकतातर्फ देश अगाडी बढ्दै छ ।’

संविधान कार्यान्यनका लागि स्वस्फूर्त र भयरहित रुपमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यान केन्द्रित रहेको उनले बताए । ‘यो सरकारले पहिलेदेखिनै तराई, हिमाल, पहाड सबैलाई जोडेर संविधान कार्यान्वयन प्रक्रियामा लैजाने अथक प्रयत्न गर्दै आएको थियो । संविधान घोषणा पछि के हुने हो भन्ने चिन्ता देखिएको थियो,’ उनले भने, ‘त्यसको अन्त्य गरेर राष्ट्रिय एकताका साथ, सबैको संकल्प सहित हामी निर्वाचनको प्रक्रियामा, संविधान कार्यान्वयनको प्रक्रियामा अघि बढिसक्यौ ।’

निर्वाचनका ध्यान केन्द्रित रहेपनि सरकारले भूकम्प पछिको पुननिर्माणको काम र विकास कार्यक्रमका आयोजनाहरुको प्रगतिमा प्रभावकारीता ल्याउदै आर्थिक, सामाजिक सम्बृद्धि हासिल गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको उनले बताए । ‘सरकारका विभिन्न प्रयासको फलस्वरुप यस वर्ष अर्थतन्त्रका समष्टिगत परिसूचकहरुमा उत्साहजनक सुधार देखिएका छन्,’ उनले भने, ‘यस वर्ष ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिदर रहने अनुमान गरिएकोमा यो झन्डै ७ प्रतिशत पुग्ने अनुमान छ । मुद्रास्फिति ७ दशमलब ५ प्रतिशत रहने भएकोमा त्यो भन्दा तलै रहेको देखिन्छ ।’

प्रकाशित : वैशाख २०, २०७४ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?