कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परराष्ट्रमन्त्री महत र स्वराजबीच भेटवार्ता

कमलदेव भट्टराई

नयाँ दिल्ली — परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालमा विदेशी लगानीको विशेष सुरक्षा गरिने बताएका छन् । थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्य दूतावासद्वारा बिहीबार साँझ सिङ्गापुरमा आयोजित नेपालको पर्यटन, व्यापार तथा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री महत र स्वराजबीच भेटवार्ता

भारत भ्रमण रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीचमा भेटवार्ता भएको छ । भेटवार्तामा नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचत तथा द्विपक्षीय सम्बन्धका बहुआयामिक विषयहरुमा छलफल भएको छ ।

भेटपछि कान्तिपुरसँग कुराकानी गदै महतले नेपालमा हुन गइरहेको निर्वाचनको सम्बन्धमा स्वराजले सफलताको शुभकामना व्यक्त गरेको जानकारी दिए । सो अवसरमा स्वराजले निर्वाचनको लागि आवश्यक सामाग्री सहयोग गर्न तयार रहेको बताएकी थिइन् । महतले समाजका सबै तह र तत्कालाई समेटेर निर्वाचन गराउन नेपाल सरकारले गरिरहेका प्रयासहरुको बारेमा समेत स्वराजलाई जानकारी गराएका थिए ।

महतले निर्वाचनमा सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद समेत दिएका थिए ।‘मैले नेपालमा हुन गइरहेको निर्वाचनको बारेमा जानकारी गराएँ । उहाँले छिमेकमा हुन भइरहेको प्रजातान्त्रिक अभ्यासको सफलताको शुभकामना व्यक्त गर्नुभयो,’भेटपछि महतले भने । सो भेटमा दुई देशको बीचमा जारी विकासका परियोजना तथा सहकार्यको विषयमा समेत छलफल महतले जानकारी दिए ।

हालैका दिनमा दुई देशको बीचमा भएका उच्चस्तरीय भेटवार्ता तथा भ्रमणले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाएको निष्कर्ष समेत महत र स्वराजले निकालेका छन् । ‘दुई देशको बीचमा पछिल्लो समयमा भएका उच्चस्तरीय भ्रमणले सम्बन्धलाई अझ सुदृढ बनाएको छ,’महतले भने । महत दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको एक सेमिनारमा भाग दिन दिल्ली आएका हुन् ।

प्रकाशित : वैशाख २२, २०७४ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?