१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

दोलखा घटनामा स‌ंलग्नलाई तुरुन्त कारबाही गर्न एमालेको माग

काठमाडौं — नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका २ मा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ ।

दोलखा घटनामा स‌ंलग्नलाई तुरुन्त कारबाही गर्न एमालेको माग

गौरीशङ्कर १ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरसहितले जुगुस्थित नीलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला माओवादी कोन्द्रका कार्यकर्ताको आक्रमणका कारण निधन भएको आरोप लगाउँदै सो दलले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाको निन्दा गरेको हो । पार्टीका पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गर्दा उनी गम्भीर घाइते भएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।

एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गगरेको विज्ञप्तिमा ती घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारबाही चलाउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरिएको छ । रासस

प्रकाशित : वैशाख २७, २०७४ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?