कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पातारासी गाउँपालिकामा कांग्रेसका लछिमन बोहोरा विजयी

एलपी देवकोटा

जुम्ला — पातारासी गाउँपालिकामा नेपाली कांग्रेसका लछिमन बोहोरा विजयी भएका छन् । उनले २ हजार ३ सय ११ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गौरी बुढाले एक हजार ९ सय ३० मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा पनि नेपाली कांग्रेसकै पुन्नकली महतारा विजयी भएकी छन् ।

पातारासी गाउँपालिकामा कांग्रेसका लछिमन बोहोरा विजयी

उनले २ हजार २५ मत प्राप्त गरिन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी जनमाया रोकायाले  एक हजार ८ सय ५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
  
त्यस्तै पातारासी गाउँपालिकाको वडा नं. १,६ र ६ मा नेपाली काग्रेसले जित हात पारेको छ भने वडा नं. २, ३ र ४ मा माओवादी केन्द्र विजयी भएको छ भने वडा नं. ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् । 

प्रकाशित : जेष्ठ २, २०७४ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?