कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजना सहिद घोषणा

परिवारलाई राहतस्वरुप १० लाख प्रदान, छानबिन गर्न उच्चस्तरीय आयोग गठन
अवधेशकुमार झा

राजविराज — नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरी जिल्लाको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा पाँचैजनालाई सहिद घोषणा गरिएको जानकारी दिए ।

सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजना सहिद घोषणा

नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरी जिल्लाको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा पाँचैजनालाई सहिद घोषणा गरिएको जानकारी दिए । एमालेको मेची-महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम भइरहँदा गत फागुन २३ गते उक्त क्षेत्रको आसपासमा भएको प्रहरीसितको झडपमा प्रहरीको गोली लागि पाँचजनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । उनीहरु सबैलाई सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको हो । सहिद परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहतस्वरुपको रकम समेत गृहमन्त्री निधिले बुधबार राजविराजमा हस्तान्तरण गरे ।

मन्त्री निधिले मलेठ घटनाको छानबिन गर्न पुनरावेदन अदालतका पूर्वमुख्य न्यायधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन भएको र उक्त आयोगले काम थालेको एक महिनाभित्र प्रतिवेदन बुझाउने जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३, २०७४ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?