कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेमाल गाउँपालिकामा कांग्रेसका सलामसिं र दुर्गामाया विजयी

कांग्रेस २ र एमाले १ गाउँपालिकामा विजयी
नगेन्द्र अधिकारी

काभ्रे — तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सलामसिं लामा र उपाध्यक्षमा दुर्गामाया तामाङ विजयी भएका छन् ।

अध्यक्षमा कांग्रेसका लामाले ३ हजार ९ सय ३७ मत र उपाध्यक्षमा कांग्रेसकै दुर्गामाया लामाले ३ हजार ७ सय २८ मत पाएका थिए ।

एमालेका प्रदीप लामाले ३ हजार ३ सय ६३ र माओवादी केन्द्रका गंगाबहादुर दोङले ३ हजार १ सय ८० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी उषा घिसिङले ३ हजार ३ सय ७ मत र माओवादी केन्द्रकी कल्पना मोक्तान लामाले ३ हजार २ सय ५ मत प्राप्त गरेकी थिइन् ।

यसअघि बेथानचोक गाउँपालिकामा नेपाली कांग्रेस र खानीखोला गाउँपालिकामा नेकपा एमाले विजय घोषणा भएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७४ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?