कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्द्रावती गाउँपालिकामा बिहीबार पुन मतदान गरिने

अनिश तिवारी

सिन्धुपाल्चोक — मतगणनाको दिननै स्थगित भएको इन्द्रावती गाउँपालिकामा जेठ ४ गते पुन मतदान गरिने भएको छ । बैशाख ३१ मा जम्मा भएको ६ सय ५८ मतदान जलाएर फेरि मतदान गरिने जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

इन्द्रावती गाउँपालिकामा बिहीबार पुन मतदान गरिने

जिल्लाभरको पहिलो चरणको मतदान शान्तीपूर्ण रुपमा भइरहँदा विवादले इन्द्रावती गाउँपालिकाका मतदाताले भने मतदान गर्न पाएका थिएनन् । बिहीबार फेरि इन्द्रावती गाउँपालिकाको केन्द्र चण्डेश्वरी आधारभूत विद्यालयमा मतदान गर्ने निर्णय भएको हो । मतदान स्थागित भएकाले क र ख मतदानको गरी १ हजार ३ सय २० ले मतदान गर्न पाएका थिएनन् ।

आइतबारको मतदानमा एक व्यक्तिले चार मत हालेको भन्दै विवाद मच्चिएको थियो । साझसम्म जिल्ला समन्वय समितिको टोली विवाद समाधान गर्न पुग्दा सबै दलका प्रतिनिधि बैठक छोडेर निस्किएका थिए । बेलुकीसम्म विवाद नसकिएपछि मतपेटीकामा सिलबन्दी गरेर लगिएको थियो । इन्द्रावती गाउँपालिकाको वडा १० साबिकको भोटसिपा गाविसमा कूल मतदाता १ हजार ९ सय ९० रहेका छन् । मतपेटीकामा ६ सय ५८ ले मतदान गरेपछि विवाद सुरु भएको थियो ।

मतदानसम्बन्धी कागजी र मुचुल्का खाली पाइएकाले लामो समयपछि मात्रै मतपेटीका बुझेको मतदान अधिकृत डम्बरबहादुर श्रेष्ठले जनाए । राजनीतिक विवादले गर्दा मत हाल्न पाएकोमा इन्द्रावती गाउँपालिकाका स्थानीयको भनाइ छ ।

प्रकाशित : जेष्ठ ३, २०७४ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?