कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं ३२ को मतगणना रोकियो

काठमाडौं — दलका प्रतिनिधि र मतगणना खटिएका कर्मचारीबीच विवाद भएपछि काठमाडौं महानगरपालिका ३२ नम्बर वडाको मतगणना रोकिएको छ । निर्वाचन आयोगले बुधबारदेखि ११ स्थानमा मतगणना गरिरहेको थियो ।

काठमाडौं ३२ को मतगणना रोकियो

दलका प्रतिनिधि र मतगणना खटिएका कर्मचारीबीच विवाद भएपछि काठमाडौं महानगरपालिका ३२ नम्बर वडाको मतगणना रोकिएको छ ।

निर्वाचन आयोगले बुधबारदेखि ११ स्थानमा मतगणना गरिरहेको थियो । यसमध्ये ३२ नम्बर वडाको मतगणनामा खटिएका आयोगका कर्मचारीले गणना हुँदा बोलेको भन्दा फरक अंक टिपेको भन्दै दलका प्रतिनिधिहरुबीच विवाद भएपछि गणना रोकिएको हो । दलका प्रतिनिधिहरु गणनास्थलबाट बाहिरिएका छन् । दलका प्रतिनिधिले आयोगका कर्मचारी परिवर्तन गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७४ २२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?