कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचखालमा कांग्रेसका महेश खरेल विजयी

नगेन्द्र अधिकारी

काभ्रे — पाँचखाल नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र लक्ष्मी दनुवार विजयी भएका छन् । खरेलले ७ हजार ३ सय ५६ र दनुवारले ७ हजार २६ मत प्राप्त गरेकी छिन् ।

पाँचखालमा कांग्रेसका महेश खरेल विजयी

प्रमुखमा निकटतम नेकपा एमालेका रुद्र बाँनियाले ६८ सय र उपप्रमुखमा एमालेकै भक्तकुमारी लामाले ६६ सय २२ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका आइतसि तामाङले ३ हजार २ सय ७९ र रुकमणि बराइलीले ३ हजार ६ सय २३ मत प्राप्त गरेका छन् । वडाअध्यक्षमा पनि नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको छ ।

वडा नं ३,४, ८, ९, ११, १३ मा नेपाली कांग्रेस, वडा नं १, ६, ७, १०, १२ मा नेकपा एमाले र वडा नं २ र ५ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?