कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्चित सांसद नै धेरै गयल

राजेन्द्र फुयाल

काठमाडौं — संसद्को नियमावलीमा बिनासूचना लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदको पद गुम्न सक्ने व्यवस्था छ । तर यसभन्दा कैयौं दिन बढी अनुपस्थित हुने सांसदको सूची निकै लामो छ । इतिहासकै सबैभन्दा लामो ३ सय ८१ दिन चलेको संसद् अधिवेशनमा लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको संख्या १ सय १५ छ ।

ती सांसदको अनुपस्थितको अवधि र जम्मा दिनको हिसाब यति लामो छ कि सभामुखलाई अनुपस्थितिको सूचना स्वीकृतिका लागि सदनमा पेस गर्नुसमेत अप्ठ्यारो पर्‍यो । विदेश भ्रमण, बिरामी, जिल्ला भ्रमणलगायतका कारण देखाएर ती सांसदले अनुपस्थितिको सूचना दिएको सभामुख घर्तीको भनाइ छ । 

संसद् अधिवेशनको अन्तिम दिन भूत प्रभावित सूचना स्वीकृत गर्नेमा स्वास्थ्यमन्त्री गगन थापा, वाणिज्यमन्त्री दीपक बोहरा, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीलगायत मन्त्रीहरू छन् । संसदको रेकर्डअनुसार स्वास्थ्यमन्त्री थापा पहिलोपटक लगातार २५ वटा बैठकमा र दोस्रो पटक ११ गरी ३६ बैठकमा अनुपस्थित भएका छन् । वाणिज्यमन्त्री बोहरा ११/११ गरी २२, सञ्चारमन्त्री कार्की १०, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक लगातार १० बैठकमा अनुपस्थित छन् । लगातार १० भन्दा कम बैठकमा अनुपस्थित सांसदको संख्या ठूलो भए पनि सचिवालयले विवरण तयार गरेको छैन । 

लगातार १० भन्दा बढी अनुपस्थित हुनेको सूचीमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सांसद आरजु राणा, राप्रपा अध्यक्ष कमल थापा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायत छन् । राणा ३५, वरिष्ठ नेता पौडेल ११, महामन्त्री कोइराला ३०, माओवादीका जनकराज जोशी लगातारका १५, राष्ट्रिय जनता पार्टीका महेन्द्र यादव पहिलोपटक १५ र दोस्रोपटक १६ गरी ३१, जंगीलाल राय २२, राप्रपा अध्यक्ष थापा ११, संघीय समाजवादी फोरम अध्यक्ष यादव लगातार २२ र ११/११ गरी ४६ बैठकमा अनुपस्थित थिए । विरलै संसद् आउने एमालेकी समानुपातिक सांसद राज्यलक्ष्मी गोल्छाको पहिलोपल्ट ३४ र दोस्रोपटक ११ गरी ४५ बैठकमा अनुपस्थिति रहेको रकर्ड सुनाइएको छ । एमाले सांसद नेजमा आलम दुईपटक गरी ४३, कांग्रेसका तारणीदत्त चटौत २६, खम्बुवानका रामकुमार सुब्बा ३२, परिवार दलका एकनाथ ढकाल २८ र लोकतान्त्रिक फोरमकी निर्जला राउत १९ बैठकमा लगातार अनुपस्थित देखिन्छन् । अस्वस्थताका कारण लामो समय थलिएका कांग्रेस सांसद नरहरि आचार्य लगातार ८७ बैठक, एमाले सांसद गौरा प्रसाईंको पहिलोपटक लगातार ३१ र दोस्रोमा २१ गरी ५२, पूर्वमन्त्री विश्वेन्द्र पासवान ३७ र ११ गरी ४८ र मेघराज निषाध १६ र १० गरी २६ बैठकमा अनुपस्थित रहे ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?