कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकोसीमा माओवादी केन्द्र

राजकुमार कार्की

सिन्धुली — स्थानीय तह अन्तर्गत सिन्धुलीको सुनकोसी गाउपालिकामा माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल, ३४३३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएकी छिन् । प्रमुख पदमा जित्ने उनी एकमात्र महिला हुन् । उनको निकटतम प्रतिद्धन्दी कांग्रेसका कपिल कोइरालाले ३२१२ मत प्राप्त गरे ।

उपाध्यक्षमा माओवादी केन्द्रकै दिर्बुसिंह मोक्तान ३४५४ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसकी शान्ता कार्कीले ३२६८ मत प्राप्त गरेका छिन् । यस अघि माओवादी केन्द्रले मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा विजय हासिल गरेको छ ।

७ गाउँपालिका मध्ये गोलन्जोर, घ्याङलेक र तीपाटन कांग्रेसले र फिक्कल गाउँपालिकामा एमालेले जित हासिल गरेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?