कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोस्रो चरणको निर्वाचन पनि उत्सवपूर्ण हुने प्रधानमन्त्रीको विश्वास

पूजाआजाका लागि प्रधानमन्त्री शास्वत धाममा

नवलपरासी — प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह दोस्रो चरणको निर्वाचन पनि उत्सवपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार नवलपरासीको शास्वतधाममा पूजाआजापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय जनता पार्टीसहित सबै राजनीतिक दलको सहभागितामा दोस्रो चरणको निर्वाचन उत्सवमय हुने बताएका हुन् ।

दोस्रो चरणको निर्वाचन पनि उत्सवपूर्ण हुने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह दोस्रो चरणको निर्वाचन पनि उत्सवपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार नवलपरासीको शास्वतधाममा पूजाआजापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय जनता पार्टीसहित सबै राजनीतिक दलको सहभागितामा दोस्रो चरणको निर्वाचन उत्सवमय हुने बताएका हुन् । उनले पहिलो चरणको निर्वाचनलाई आफूले उत्सवको रुपमा लिएको बताए ।

स्थानीय तह दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको छ । गत वैशाख ३१ गतेको निर्वाचनको मत परिणाम आउने जारी छ । पछिल्लो परिणामअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

उद्योगी, व्यवसायी विनोद चौधरी सिर्जनात्मक मान्छे भन्दै प्रधानमन्त्रीले सरकारको तर्फबाट आवश्यक परे सहयोग गर्न तयार रहेको समेत आश्वासन दिए ।

छोरा प्रकाशसहित हेलिकप्टरमा आएका दाहालले शुक्रबार बिहान नवलपरासीको दुम्कौलीस्थित शास्वत धाम पूजाआजा गरे । उक्त धाम चौधरी ग्रुपले निर्माण गरेको हो । पूजाआजापछि प्रधानमन्त्री दाहालले निजी क्षेत्रबाट भव्य धाम निर्माण गरेको भन्दै आफू प्रभावित भएको बताए ।

शास्वत धाम दुई महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

प्रधानमन्त्री दाहाल कृषि क्याम्पसको भवन उद्घाटन गर्न नवलपरासीबाटै चितवन जाने कार्यक्रम छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?