कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस पोखरा लेखनाथ महानगर सभापतिद्वारा राजीनामा

लालप्रसाद शर्मा

पोखरा — स्थानीय तहको निर्वाचनमा महानगरमा अपेक्षाकृत मत नआएको भन्दै काग्रेस पोखरा लेखनाथ महानगर समितिका सभापति बजिरमान श्रेष्ठले शुक्रबार राजीनामा दिएका छन् । निराशाजनक परिणामप्रति आफु पनि जिम्मेवार रहेको महशुससाथ राजीनामा गरेको उनले उल्लेख गरेका छन् ।

कांग्रेस पोखरा लेखनाथ महानगर सभापतिद्वारा राजीनामा

‘राजीनामा आक्रोशको परिणाम होइन,’ श्रेष्ठले राजीनामा पत्रमा लेखेका छन्, ‘कांग्रेसको सांगठनिक शुद्धीकरणका लागि मेरो लामो सहयात्रा र सांगठनिक इमान्दारिताको उचाईबाट निस्किएको आवाज हो भनेर बुझिदिनु हुन अनुरोध छ ।’

कांग्रेसका इमान्दार र कर्मठ सदस्यको सहयोगका वावाजुद पनि निराशानजक मत परिणामकालागि अधिकांश केन्द्रीय सदस्य, सांसद, जिल्ला कार्य समिति तथा क्षेत्रीय समितिका सभापतिलगायत जिम्मेवारीबाट संवेदनशील हुन उनले जनाएका छन । यसले सांगठनिक र सामाजिक नैतिकताको आधारमा पार्टीबिरुद्धको अन्तर्घात, गैरजिम्मेवारीपन र उदासिनताको जिम्मेवारी लिदै कांग्रेसलाई पुनर्निर्माण, पुनर्संरचना, पुनर्गठनका लागि मार्ग प्रशस्त गरिदिनका लागि उनले अनुरोध पनि गरेका छन् ।

स्थानीय तहको निर्वाचनको अप्रत्यासित परिमाणले लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारमा विश्वास राख्नेप्रति स्तब्ध बनाएको उनले राजीनामामा लेखेका छन । प्रेश विज्ञप्तिमार्फत आएको राजीनामामा उनले अप्रत्याशित परिणामकालागि लोकतन्त्र विरोधी शक्ति भन्दा पनि काग्रेसको क्षेत्र, जिल्ला र केन्द्रीय नेतृत्वमा बसेका लोकतन्त्रको हिमायती हौ भन्नेको उदासिनता, गैरजिम्मेवार र आत्मघाती व्यवहार बढी जिम्मेवार भएको महशुष सर्वत्र गरिएको उल्लेख गरेका छन ।

कास्कीका एक महानगर तथा ४ गाउँपालिका मध्ये ३ वटामा एमाले विजयी भएको छ । एउटामामात्रै कांग्रेस उम्मेदवारले जितेका छन । महानगरको मतगणना जारी छ । तर कांग्रेसका गढ मानिएका वडामा अपेक्षाकृत मत नआएपछि उनले राजीनामा दिएका हुन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?