कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं महानगरपालिकामा ३४६९८ मत गनिसक्दा बिद्यासुन्दरलाई ११ हजार ५ सय

काठमाडौं — काठमाडौं महानगरपालिकाको शुक्रबार दिउँसो चार बजेसम्म ३४ हजार ६ सय ९८ मतगणना सकिएको छ । त्यसमध्ये मेयरमा सबैभन्दा धेरै मत एमालेका विद्यसुन्दर शाक्यले ल्याएका छन् । उनले एमाले ११ हजार ५ सय ५९ मत पाएका छन् ।

 काठमाडौं महानगरपालिकामा ३४६९८ मत गनिसक्दा बिद्यासुन्दरलाई ११ हजार ५ सय

शाक्यको निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ७ हजार ८ सय ६८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै विवेकशील नेपाली दलबाट उम्मेदवार बनेकी रञ्जु दर्शनाले ४ हजार ५ सय २५ मत पाएकी छिन् । उनी महानगरको कान्छी उम्मेदवारको रुपमा पनि चर्चित थिइन् ।

चुनाव भन्दा केही अघि मात्र खुलेको साझा पार्टीको तर्फबाट उम्मेदवार दिएका पूर्व सचिव किशोर थापाले ३ हजार ५ सय ४६ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम ड‌ंगोलले १ हजार ३ सय १० मत पाएका छन् ।
काठमाडौं महानगरको उपमेयरमा भने नेपाली कांग्रेसका हरिप्रभा खड्की श्रेष्ठले आग्रता लिइरहेकी छिन् । उनले १० हजार २ सय ७६ मत पाएका छन् । राप्रपाका राजराम श्रेष्ठले ६ हजार २सय ४६ र साझा पार्टीकी अनुपमा यादवले २ हजार १ सय ९५ मत पाएकी छिन् । त्यसैगरी माओवादी केन्द्रका सुशीला पौडेलले हालसम्म १ हजार ७ सय ३० मा प्राप्त गरेकी छिन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?