कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सासु र जेठानीलाई हराउँदै नेपाली विजयी

अनिश तिवारी

सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत धुस्कुन ३ मा दलित सदस्य मानकुमारी नेपालीले आफ्नै सासु र जेठानीलाई हराएकी छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएकी उनले दलित सदस्य पदमा दुवैलाई हराउँदै विजयी बनेकी हुन् ।

एकै घरबाट उम्मेदवारी दिएका मानकुमारी एमाले ,सानुमैयाँ कांग्रेस र राप्रपाबाट गीता चुनावमा उठेका थिए । 

विजयी बनेकी कान्छी बुहारी मानकुमारीले ६ सय ९७ मत ल्याएकी छन् । चुनावी प्रतिस्पर्धामा उनकी प्रतिद्वन्द्वी सासु सानुमैयाले ३ सय ६८ र जेठानीले गिताले एक सय ४१ मत प्राप्त गरेकी छन् ।  यो वडामा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार शुकदेव रिसालको प्यानल नै विजयी भएको हो ।

प्रकाशित : जेष्ठ ५, २०७४ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?