कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस, माओवादी र राप्रपाको विरोधपछि भरतपुरमा मतगणना स्थगित

मतगणनामा तलमाथि गरिएको आरोप
बिमल खतिवडा

भरतपुर — मतगणनामा तलमाथि गरिएको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताले मत गणनास्थल बाहिर नाराबाजी गरेपछि भरतपुरमा मतगणना स्थगित भएको छ ।

 कांग्रेस, माओवादी र राप्रपाको विरोधपछि भरतपुरमा मतगणना स्थगित

उनीहरुले सदर र बदर मतको संख्या सार्वजनिक नगरिएको, तथ्यांक सार्वजनिक गर्दा तलमाथि गरेको आरोप निर्वाचन अधिकृतमाथि लगाएका छन् ।

माओवादी कार्यकर्ताले ९ नम्बर वडाको सुरुवाती मत गन्दा रेणु दाहालले अग्रता लिएपनि पछि मत तलमाथि गरिएको आरोप लगाएका छन् । 

माओवादी कार्यकर्ताले अहिले मतगणना स्थलबाहिर नाराबाजी गरिरहेका छन् । आधा घण्टादेखि भरतपुरको मतगणना स्थगित भएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?