कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरोपेली सांसद भेटघाटमा

काठमाडौं — युरोपेली महासंघ (ईयू) का वरिष्ठ सांसदहरूको एक टोली राजनीतिक भ्रमणका क्रममा आइतबार काठमाडौं आएको छ । नेपालको पछिल्लो राजनीतिक अवस्था, मानवअधिकार, निर्वाचन, पुनर्निर्माणलगायत विषयमा छलफल एवं स्थलगत अध्ययनका लागि तीनदिने भ्रमणमा उक्त टोली नेपाल आएको हो । ईयूले हरेक वर्ष यहाँको राजनीतिक अवस्थाको प्रत्यक्ष जानकारी लिन यस प्रकारको टोली नेपाल पठाउने गर्छ ।

युरोपेली संसदको दक्षिण एसिया मामिलासम्बन्धी अध्यक्ष रहेकी जिन लाम्बार्टको नेतृत्वमा रहेको चार सदस्यीय टोली सोमबार दिनभर राजनीतिक भेटघाटमा व्यस्त रह्यो । आइतबार भने टोलीले भूकम्प पुनर्निर्माणको अवलोकन गर्दै पुनर्निर्माणबारे जानकारी लिएको थियो । ईयूकी राजदूत रेन्छे टेरिन्क र पुनर्निर्माण प्राधिकरणका प्रमुख प्रा. गाविन्द पोखरेलसहित उनीहरू आइतबार भक्तपुर पुगेर अवलोकन गरेका थिए । त्यही क्रममा पोखरेलले उनीहरूलाई पुनर्निर्माणको पछिल्लो अवस्थाबारेमा जानकारी गराएका थिए । राजनीतिक दलका नेताहरू, प्रमुख निर्वाचन आयुक्त, परराष्ट्रमन्त्री, पुनर्निर्माण प्राधिकरणका प्रमुख, मानवअधिकार आयोगका पदाधिकारीलगायतसँग टोलीले भेटवार्ता समेत गरेको थियो ।

ग्रिन पार्टी यूकेकी सदस्य तथा सांसदसमेत रहेकी लाम्बार्टले भेटका क्रममा नेपाल र ईयूको सम्बन्ध, नेपालको वर्तमान राजनीतिक अवस्था, निर्वाचनको सफलतालगायत विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतसँगको भेटमा स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बधाई दिँदै आगामी निर्वाचनको पनि सफलताको कामना गरेको मन्त्रालयले जनाएको छ । टोली मंगलबार भुटान प्रस्थान गर्नेछ ।

प्रकाशित : जेष्ठ ९, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?